३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा चोरीका घटना बढ्न थालेसँगै होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

१६ जेष्ठ २०७९, सोमबार ०१:४५

जेठ १६, रसुवा | रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ ।

जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो । 

वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए। ‘हामीले आजदेखि नै लागू हुनेगरी निर्णय गरेका छौं',उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ।’

जिल्लामा श्रृंखलावद्ध चोरी सुरु भएको २७ दिन भयो। पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन्। गएको वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन्। केही संस्थाबाट नगद चोरी नगरेपनि अधिकांस घर तथा सहकारी संस्थाबाट नगद चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक  झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली