३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धले गरे देश छोड्ने निर्णय

१८ जेष्ठ २०७९, बुधबार १३:५५

 जेठ १८, सप्तरी | सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् ।

सन्तानको  सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै श्रीमती र छोराबाट पटक-पटक हिंसामा परेको भन्दै देश छोड्ने निर्णयमा पुगेका छन् ।

रुपनी गाउँपालिका-१ का रामप्रसाद साहले आफ्नै परिवारबाट असुरक्षित रहेको भन्दै न्याय खोजिदिन प्रशासन र पत्रकारसँग आग्रह गरेका छन् ।

छोराहरूले हेला गर्न थालेपछि विगत ९ वर्षदेखि घरपरिवार त्यागेर छिमेकीको घरमा भाडा लिएर बस्दै आएका साह रुपनी बजारमै सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

छोरा आनन्दप्रसाद साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले अनावश्यक कुटपिट गर्ने गरेपछि शान्तिपूर्ण बाँच्नेस्थिति नरहेकोले देश छाड्ने मनसाय बनाएको उनले बताए ।

जेठ १० गते जेठो छोरा आनन्दले विना कारण निहुँ खोजेर कुटपिट गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय रुपनीमा निवेदन दिँदासमेत प्रहरीले चासो नदेखाएको साहको आरोप छ । 

सम्पत्तिको नाममा किराना पसल र सरकारले दिने सामाजिक सुरक्षा भत्ता बाहेक आफूसँग अरू केही नभएको साहले  बताए । 

२०७० सालदेखि श्रीमती र छोराछोरीबाट अलग्गै बस्दै आएको जानकारी दिँदै साहले आफू एक्लै बस्दासमेत बेलाबखत छोराहरूले कुटपिट गर्ने गरेको दुखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली