2026-10-05 05:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

तस्करी रोक्न पुगेका प्रहरी माथिनै स्थानीयले ढुंगामुढा गर्न थालेपछि,१ को मृत्यु,२ घाइते

काठमाडौँ | सप्तरीको कमलपुरमा गए राती भएको घटनाको विरोधमा मृतकका आफन्तद्वारा सप्तरीको राजविराजमा प्रदर्शन भइरहेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेका एक जनाको मृत्यु भएको भएको छ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारकै क्रममा उनको ‌ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

डिएसपी बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र बायाँ तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाइते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको उनले बताए ।

यस्तै मदिरा तस्करीमा संलग्नहरूको आक्रमणबाट प्रहरी इन्स्पेक्टर वीरेन्द्रकुमार यादव र सहायक हबलदार सिकेन्द्र थारु घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर