३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

२३ असार २०७९, बिहीबार ०६:०२

असार २३, सप्तरी | सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।

मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ।

सोही मुद्दमा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ । सप्तरीकै नौजनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन् । थुनछेक बहस चलिरहँदा अदालतको मूलढोकामा बुधवार पनि पीडितहहरूले प्रदर्शन तथा नाराबाजी गरेका थिए।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली