४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

२१ बैशाख २०८०, बिहीबार १०:०१

बैशाख २१, गलेश्वर | आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ । 

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन ः विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गर्नुभएका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आउनुभएको छ । 

प्रतिलिटर रु एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक रु चार हजार आठ सय कमाइ गर्नुहुन्छ । दूध बिक्रीबाट मासिक रु एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक रु ८ं० हजारभन्दा बढी बचत गर्ने गर्नुभएको छ ।

विसं २०७७ मा रु १२ लाखको लगानीबाट भैंँसी पालन सुरु गर्नुभएका पौडेलले अहिले लगानी बढाएर रु २० लाख जति खर्च भएको बताउनुभयो । भैँसीपालनसँगै बाख्रापालन र तरकारी खेतीसमेत गर्नुभएका पौडेलको सबैतिरबाट आम्दानी जोड्दा मासिक रु एक लाखभन्दा बढी हुन आउँछ । “विदेशमा अरुको अधिनमा रही काम गर्दा पनि रु ४० हजारभन्दा बढी कमाइ हुँदैन्थ्यो”, पौडेलले भन्नुभयो, “यहाँ आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्ने हो भने रु एक लाखभन्दा बढी मासिक कमाइ गर्न सकिँदो रहेछ ।”

पौडेलले क्रस जातका बाख्रा पाल्नुभएको छ । पाङ्गारिक मलबाट तरकारी खेतीसमेत गर्नुभएका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट हुनुहुन्छ । “मलाई पनि सुरुमा विदेश जान पाए के के न हुन्छ होला जस्तो लाग्थ्यो, जब विदेश गएर त्यहाँका दुःख अनि त्यति दुःख गर्दा हुने आम्दानी देंखे, त्यसपछि विदेश बस्न मन लागेन र आफ्नै ठाउँमा आएर भैँसीपालन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

दरवाङ गाउँपालिकाको कृषि तथा भेटेरनरी शाखाबाट भकारो सुधारका लागि उहाँले चालु आर्थिक वर्षमा रु दुई लाख अनुदान पाउनुबाहेक स्थानीय तहबाट अरु कुनै सहयोग प्राप्त हुन नसकेको बताउनुभयो । “आफ्नै गाउँमा केही गर्छु भनेर लागेका युवालाई स्थानीय तहले सहयोग गर्नुपर्छ, सरकारी अनुदान र सहयोगमा आफन्त, नातागोता र राजनीतिक आस्था हेरिनुहुन्न, यसो भयो भने मात्र सरकारले दिने सहयोग वास्तविक किसानसम्म पुग्छ र किसान प्रोत्साहित हुन्छन्”, पौडेलले भन्नुभयो ।

म्याग्दीबाट बर्सेनि विदेशिने युवाको लर्को लाग्ने गर्दछ । चालु आवको चैत मसान्तसम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ ले राहदानी लिएका जनाइएको छ । गत आव २०७८÷७९ मा कार्यालयबाट चार हजार ७४ ले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले गत वर्षभन्दा यस वर्ष  राहदानी लिने सङ्ख्या बढेको बताउनुभयो ।

राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक व्यक्ति राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापानसँगै खाडी मूलुकमा रोजगार, व्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अध्ययनका लागि विदेश पलायन हुने अधिकांश अध्ययनका लागिभन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता