असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन ।&nbs"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ: उपराष्ट्रपति

११ आश्विन २०७३, मंगलवार १०:४२

असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन । 

डेरी एसोसिएसनले आज यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुने बताए । 

उनले भने–“दूध उत्पादन गर्ने कृषक र उपभोक्ताले तिर्ने पैसाबीच निकै अन्तर भएकाले यस्मा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कृषि क्षेत्रका नीति, नियम बोझिला र झन्झटिला छन्, यसलाई सहज बनाउन छिट्टै नीतिगत संशोधन हुनेछ ।” 

पशुपक्षी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि लागू हुने गरी २० वर्षे रणनीतिक कार्ययोजना थालनी गरेको जानकारी दिँदै त्यो पूर्णरुपमा कार्यान्वयन हुँदा नेपालको व्यापार घाटा निकै न्यून हुने अपेक्षा गरे । 

उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि डेरी एसोसिएसनले अग्रणी भूमिका निर्वाह गरेकामा महासङ्घका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु सधैँ तत्पर रहेको बताए । 

एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने–“सरकारले मुलुकको आर्थिक विकासका साथै बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।” 

एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधानका उपाय तथा नीतिगत कदम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै डेरी उत्पादनका क्षेत्रबाट चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताए । 

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै एसोसिएसनले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिएको थियो । हाल नेपालभर दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेकामा काठमाडौँमा मात्र चार लाख ५० हजार लिटर खपत हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल