असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन ।&nbs"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ: उपराष्ट्रपति

२०७३, ११ आश्विन मंगलवार १०:४२

असोज ११, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड  दिएका छन । 

डेरी एसोसिएसनले आज यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुने बताए । 

उनले भने–“दूध उत्पादन गर्ने कृषक र उपभोक्ताले तिर्ने पैसाबीच निकै अन्तर भएकाले यस्मा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कृषि क्षेत्रका नीति, नियम बोझिला र झन्झटिला छन्, यसलाई सहज बनाउन छिट्टै नीतिगत संशोधन हुनेछ ।” 

पशुपक्षी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि लागू हुने गरी २० वर्षे रणनीतिक कार्ययोजना थालनी गरेको जानकारी दिँदै त्यो पूर्णरुपमा कार्यान्वयन हुँदा नेपालको व्यापार घाटा निकै न्यून हुने अपेक्षा गरे । 

उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि डेरी एसोसिएसनले अग्रणी भूमिका निर्वाह गरेकामा महासङ्घका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु सधैँ तत्पर रहेको बताए । 

एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने–“सरकारले मुलुकको आर्थिक विकासका साथै बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।” 

एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधानका उपाय तथा नीतिगत कदम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै डेरी उत्पादनका क्षेत्रबाट चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताए । 

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै एसोसिएसनले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिएको थियो । हाल नेपालभर दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेकामा काठमाडौँमा मात्र चार लाख ५० हजार लिटर खपत हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने