असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उखु कृषक उखुखेती गरेकोमा पश्चाताप

१४ आश्विन २०७३, शुक्रबार ०६:०४

असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । 

उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म रु ११ करोड बक्यौता भुक्तानी गर्ने जनाएको छ । विगत तीन वर्षदेखिको बक्यौता रकम भुक्तानी हुनुपर्ने माग राख्दै कृषकले उखु उत्पादक सङ्घको अगुवाइमा पटक–पटक आन्दोलन गर्दा पनि चिनी मिल्सले बेवास्ता गर्दै आएको थियो । 

चर्को ब्याजमा ऋण लिएर खेती गर्ने र उधारोमा उद्योगलाई बेच्नुपर्ने बाध्यताका कारण कृषक उखु खेतीलाई उधारोबाली भन्न थालेका छन् । उखु बिक्रीबापतको रकम भुक्तानीमा हुने गरेको ढिलासुस्तीप्रति सरकारले विशेष ध्यान दिनु पर्ने स्थानीय कृषक रामआयोधी साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल