असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उखु कृषक उखुखेती गरेकोमा पश्चाताप

२०७३, १४ आश्विन शुक्रबार ०६:०४

असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । 

उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म रु ११ करोड बक्यौता भुक्तानी गर्ने जनाएको छ । विगत तीन वर्षदेखिको बक्यौता रकम भुक्तानी हुनुपर्ने माग राख्दै कृषकले उखु उत्पादक सङ्घको अगुवाइमा पटक–पटक आन्दोलन गर्दा पनि चिनी मिल्सले बेवास्ता गर्दै आएको थियो । 

चर्को ब्याजमा ऋण लिएर खेती गर्ने र उधारोमा उद्योगलाई बेच्नुपर्ने बाध्यताका कारण कृषक उखु खेतीलाई उधारोबाली भन्न थालेका छन् । उखु बिक्रीबापतको रकम भुक्तानीमा हुने गरेको ढिलासुस्तीप्रति सरकारले विशेष ध्यान दिनु पर्ने स्थानीय कृषक रामआयोधी साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से