कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बर"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धान र सुन्तला उत्पादनमा दश प्रतिशत बृद्धि हुने

६ कार्तिक २०७३, शनिबार ०३:५१

कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । धान रोप्ने समयमा प्राप्त मात्रमा पानी पर्नु,  सिचाई र अनुकुल मौसमका कारण धान उत्पादनमा बृद्धि हुने उनको तर्क छ । आजको सहारान्यूज दैनिकमा खबर छ ।


    धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाई र पछिल्लो समयसम्म निरन्तर परेको बर्षाका कारण उत्पादन बढ्ने देखिएको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।  बर्षामा मौसमले साथ दियो अब हिउँदमा धान काट्ने र थन्काउने समयमा पनि मौसमले साथ दियो भने यस बर्ष धान उत्पादन राम्रो हुने रेग्मीको तर्क छ ।


    पर्वतका  देविस्थान, कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास देउपुर, बनौ  लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ । करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती हुदै     आइरहेको छ ।
    सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धानको रोपाइ हुने कृषि कार्यालयले जनाएको छ जसमध्ये जिल्लामा ६० प्रतिशत स्थानीय जातको र ४० प्रतिशत उन्नतजातको खेती हुदै आएको छ ।

जिल्लामा यस बर्ष सुन्तला उत्पादनमा पनि दश प्रतिशतले  बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता