८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दिक्तेलका अपाङ्ग सामूहिक खेतीतर्फ

९ कार्तिक २०७३, मंगलवार ०७:३९

कात्तिक ९, खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । 

अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय तेजबहादुर आचार्यको ४० रोपनी जग्गा वार्षिक रु ७० हजार तिर्ने गरी दश वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको अपाङ्ग सेवा सङ्घ दिक्तेल नगर समितिका अध्यक्ष उमेशप्रसाद आचार्यले जानकारी दिनुभयो । 

आव २०७२/७३ मा दिक्तेल नगरपालिकाले अपाङ्गका लागि छुट्टयाएको रु दुई लाख खर्च गरेर सामूहिक खेती थालिएको हो । “अपाङ्गलाई व्यावसायिक खेतीका माध्यमबाट आफ्नो खुट्टामा आफँै उभिन सक्ने बनाउन खेती सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । 

अहिले खेतमा अपाङ्गले आफँै काम गरेर धान रोपेका छन् । धान पाकेपछि तरकारी, बाख्रा, बङ्गुर, कुखुरा, च्याउ, माछापालन गरिने अध्यक्ष आचार्य बताउनुहुन्छ । “व्यवसाय सञ्चालन गर्न अपाङ्ग व्यवसायीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाइनेछ,” उहाँले भन्नुभयो । 

फार्मबाट उत्पादित वस्तु बिक्रीका लागि सदरमुकाम दिक्तेलका रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, हाटडाँडा र अस्पताल चोकमा बिक्रीकेन्द्र बनाउने सङ्घको योजना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता