२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पहाडको सुन्तला बुटवल आइपुग्यो

२०७३, २१ कार्तिक आईतवार १०:००

भरत केसी, कात्तिक २१, बुटवल । आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ । 

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो । 

कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिद÷बिक्री सुरु भए पनि सो केन्द्रले तिहारलगत्तै औपचारिक रुपमा कारोबार सुरु गरेको हो । 

केन्द्रका अध्यक्ष कलाधर पन्थीले अहिले दैनिक ३० देखि ३५ क्विन्टलसम्म सुन्तला केन्द्रमा भित्रिएको जानकारी दिनुभयो । 

“गत वर्षको तुलनामा सुन्तला राम्रो उत्पादन भएको पाइयो”, अध्यक्ष पन्थीले भन्नुभयो – “चार महिने यो छोटो मौसममा केन्द्रबाट रु ३५ करोडसम्मको कारोबार हुने लक्ष्य छ ।” बजारमा अहिले सुन्तलाको थोक मूल्य प्रति किलोको रु ३५ देखि रु ४० सम्म रहेको उहाँले जानकारी दिनुभयो । 

बजारमा सुन्तलाको खुद्रा मूल्य भने रु १०० देखि रु १२० सम्म छ । गत वर्ष करिब ३०० मेट्रिक टन सुन्तला बुटवल झरेकामा केन्द्रबाट मात्र रु ३० करोडको सुन्तलाको कारोबार भएको थियो । अहिले उत्पादन बढेर रु ३५ करोडसम्म पुग्ने केन्द्रको अनुमान छ । 

सो केन्द्रमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट सुन्तला भित्रिने गर्छ । बुटवलमा मात्र अहिले दैनिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेको छ । 

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट तराईका २२ जिल्लासँगै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर महेन्द्रनगरसम्म सुन्तला पुग्ने गरेको छ । बुटवल बजारमा हुने सुन्तलाको व्यापारमध्ये झन्डै ८० प्रतिशत सुन्तला स्याङ्जाबाट आउने गर्दछ । बुटवलमा नेपाली सुन्तला झरेपछि भारतीय सुन्तला विस्थापित भएको छ । तर नेपाली सुन्तलाको बजार सकिएपछि ९माघपछि० पुनः भारतीय सुन्तला नेपालमा भित्रिने गर्छ । भारतबाट यहाँ प्रत्येक वर्ष रु ५० करोडसम्मको सुन्तला आउने केन्द्रले जनाएको छ । 

अहिले रुपन्देही बजारका चोक चोकमा हरेक ठेलामा सुन्तलाको व्यापार सुरु भएको छ । “जाडो मौसम भए पनि ग्राहकको मुख्य रोजाइ भनेको सुन्तला नै हुन्छ”, बसपार्कमा ठेलामा फलफूलको व्यापार गर्दै आएका तोयानाथ खनालले भन्नुभयो – “जाडो बढ्दै पनि कारोबार दोब्बर हुँदै जान्छ ।” रुपन्देहीको मुख्य बजार बुटवल र भैरहवाका विभिन्न चोकमा सञ्चालनमा रहेका ठेला व्यापारीले पनि अन्य फलफूलको तुलनामा आफूहरुले मौसमका बेला सुन्तला नै बढी बेच्ने गरेको बताए । 

कृषकले भने वर्षेनी सुन्तला बिक्रीबाट आफूहरुले मूल्य पाउन नसकेको किसानले गुनासो गर्दै आएका छन् । किसानबाट प्रतिकेजी रु ३० मा खरिद गर्ने र रु ६० सम्ममा विक्री गरेर बीचमा बिचौलियाले खाने गरेको गुनासो आएको अध्यक्ष पन्थीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै