२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीको बर्दघाटमा कृषि, पर्यटन र औद्योगिक प्रद्र्धनका लागि मेला

२०७३, २३ कार्तिक मंगलवार ०५:२३

कात्तिक २३, परासी । नवलपरासीको बर्दघाटमा हुन लागेको प्रथम बर्दघाट महोत्सव एवं कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक २५ गतेदेखि मंसिरको ५ गते सम्म संचालन हुने औद्योगिक व्यपार मेलाको तयारी तिब्र रुपमा अगाडी बढदै गएको छ । 

 ‘कृषी, पर्यटन, उद्योग र ब्यापार, राष्ट्र निमार्णको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको मेलामा कृषि पर्यटन र उद्योग व्यपारलाई प्रद्र्धन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको बर्दघाट नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल समितिका संयोजक मिनराज शर्माले बताउनु भयो । शर्माका अनुसार मेलामा जिल्लाका एतिहासिक एवं धार्मिक पर्यटयिक स्थलहरुको व्यापक प्रचार प्रचार, कृषि उपज, र आद्योगिक उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तराष्टि बजार सम्म पहिचान गराउने मेलाको लक्ष्य रहेको बताउनु भयो । 

बर्दघाट–२ चिसापानीको ढिंडारीफांटमा संचालन गर्न लागिएको मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, बाल उद्यान र स्थानिय तथा राष्ट्रि कला सांस्कृति, डुंगा सफारी, दाउन्नेदेवी, त्रिवेणीधाम, लुम्बिी समेतका धार्मिक स्थलहरुको भ्रमण अवलोक गराउने लगायत मेलाको मुख्य आकर्षण रहने संघले जनाएको छ । 

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादन, पर्यटन र सूचना केन्द्र एवं प्रबद्र्धनका गरि २ सय स्टलहरु रहेन संघले जनाएको छ । 

संघले मेला संचालन गर्दा करिव १२ लाख खर्च हुने जानकारी दिदै मेलाले करिब १ करोडको कारोवार गर्ने लक्ष्य लिएको बताएको छ । मेलामा स्थानिय तथा बाह्य दर्शक गरि करिब २ लाख दर्शकले मेला अवलोक गर्ने संघको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार