१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कैलालीमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट तीन कृषक सम्मानित

२७ कार्तिक २०७३, शनिबार ०२:१९

कात्तिक २७, धनगढी । कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । 

विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० हजार र प्रमाणपत्र छ । 

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रजिअ गोविन्दप्रसाद रिजालले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले कृषिको व्यवसायीकरणका लागि जागरुक बन्न कृषकलाई आग्रह गर्नुभयो ।  

निबन्ध प्रतियोगी पुरस्कृत 

विश्व खाद्य दिवसका अवसरमा गरिएकोे निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

प्रतियोगितामा ऐश्वर्य विद्या निकेतनका हरिनाथ प्रथम, पञ्चोदय माविका नवराज भाट द्वितीय, ग्यालेक्सी माविका इशान जोशी तृतीय तथा ज्योति इङ्लिस स्कुल र सिद्धार्थ शिशु सदनका प्रेक्षा धामीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । 

‘खाद्य अधिकार’ विषयको उक्त प्रतियोगितामा प्रथमलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार ५०० र तृतीयलाई रु एक हजार तथा सान्त्वना स्थान हासिल गर्नेलाई रु आठ आठ सय पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा पुरस्कृत कृषकले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल