मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको सुन्तलाले बजार पाएन

९ मंसिर २०७३, बिहीबार ०६:५१

मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । 

“आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् । “गाउँमै सङ्कलन केन्द्र स्थापना गरे समय पनि बचत हुने र श्रमशक्ति पनि कम लाग्ने थियो, यसतर्फ कसैले ध्यान दिएका छैनन्”, गुरुङले असन्तुष्टि पोख्दै भनिन् ।

घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । “पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ”, पुनले अगाडि थपिन् ।

रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायत स्थानका सुन्तला उत्पादक किसानले डोकोमा ढुवानी गरी कात्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् ।

“सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी कार्यालयमा किसानले मागगर्न आए निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिने जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । सुन्तलालाई लामो समयसम्म टिकाइराख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ