मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको सुन्तलाले बजार पाएन

२०७३, ९ मंसिर बिहीबार ०६:५१

मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । 

“आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् । “गाउँमै सङ्कलन केन्द्र स्थापना गरे समय पनि बचत हुने र श्रमशक्ति पनि कम लाग्ने थियो, यसतर्फ कसैले ध्यान दिएका छैनन्”, गुरुङले असन्तुष्टि पोख्दै भनिन् ।

घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । “पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ”, पुनले अगाडि थपिन् ।

रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायत स्थानका सुन्तला उत्पादक किसानले डोकोमा ढुवानी गरी कात्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् ।

“सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी कार्यालयमा किसानले मागगर्न आए निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिने जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । सुन्तलालाई लामो समयसम्म टिकाइराख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा