ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको आलितालमा कण्डमको प्रर्दशन गरी एड्स दिवस मनाईयो

१६ मंसिर २०७३, बिहीबार १५:४५

ललित बोहरा/१६ मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा एचआइभि एड्स संक्रमितहरुको संख्या ९९ जना रहेको छ । विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा प्रस्तुत तथ्याङ्कका आधारमा डडेल्धुुरा जिल्लामा पहिचान गरीएका ९९ जना एचआइभि एड्स संक्रमितहरु मध्ये १० जना १८ बर्ष मुनीका बालबालिकाहरु रहेका छन । संक्रमितहरु मध्ये पनि एआरटी सेवा लिनेहरुको संख्या ६२ जना रहेको छ । यसैगरी हालसम्म यस जिल्लामा भएका सङक्रमितहरु मध्ये भाइरल जाँच गराएका २६ जना रहेका छन । हाल डडेल्धुरा जिल्ला सदरमुकाममा उपक्षेत्रीय अस्पतालबाट र परशुराम नगरपालिका अन्तर्गतको जोगबुडा अस्पतालबाट एआरटी सेवा प्रदान गरिने गरिएको छ । संक्रमितहरुलाई स्वस्थ्य जीवन जिउन प्रेरित गर्नका लागि उनीहरुलाई सामाजिक रुपमा सक्रिय बनाउन आवश्यक रहेको बहुउद्धेश्यि बिकास समाज डडेल्धुराका कार्यक्रम संयोजक दुर्गामणी चटौतले बताएका छन । नेपाल सरकारले एचआइभी सङक्रमित व्यक्तिहरुका लागि निःशुल्क औषधी वितरण गर्ने गरेको छ । त्यस्तै रक्तपरिक्षण सेवाहरु पनि निःशुल्क प्रदान गरी रहेको डडेल्धुरा प्लसका कार्यक्रम संयोजक भरत ऐरले बताएका छन । तरपनि यो सबै सङ्क्रमितहरूको लागि पर्याप्त नभएको बताउदै उपचार गर्न खुलेर आउनुपर्ने उनको सुझाव रहेको छ । साथै सङ्क्रमितहरुलाई यसको औषधी सेवा सँगै आम–जनमानसमा यो रोग सम्बन्धी चेतना फैलाउनु अपरिहार्य छ ।

यसैबीच विश्व एड्स दिवसका अवसरमा बिहिबार डडेल्धुरा जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा समेत विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित डडेल्धुराका बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको आयोजनामा विभिन्न जनचेतनात्मक कार्यक्रमहरु गरिएका थिए । जिल्लाको आलिताल गाबिसमा कण्डमको प्रर्दशन गदै दिवस मनाईको नेपाल दलित समाज कल्याण संघ डडेल्धुराका अध्यक्ष सुन्दर जैरुले जानकारी दिएका छन् । 

फोटो –  सुन्दुर जैरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु