मङ्सिर २०, दाङ । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । 
जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, दाङ । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । 
जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत प"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

दाङमा मह उत्पादन घट्न थाल्यो

२० मंसिर २०७३, सोमबार ११:३२

मङ्सिर २०, दाङ । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । 
जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१/७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो । 
त्यसैगरी गत आव २०७२÷७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव २०७३÷७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७१० गोलाबाट ६६ दशमलब ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताउनुभयो । 
जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५३२ वटा आधुनिक घार र दुई हजार १७८ स्थानीय जातका माहुरीका घार रहेका छन् । कृषि विकास कार्यालयका अनुसार यस वर्ष उन्नत जातको माहुरी प्रतिगोलाबाट छ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १.५ किलो मह उत्पादन भएको छ । 
जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरु उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । 
पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो फूल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ । 
माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने बस्नेतको भनाइ छ । 
माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् । 
जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । हाल यहाँ उन्नत जातको मह प्रतिकिलो रु ३०० र स्थानीय माहुरीको मह प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । यहाँको मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव