पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमु"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

२०७३, ७ पुष बिहीबार ०९:०४


पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन रु पाँच हजारमा बिक्री हुने गरेको किसान बताउँछन् । 

दुई वर्षयता भारतीय व्यापारीले नेपालमा उत्पादित चिराइतोमा मिसावट भएको भन्दै किन्न छोडेपछि किसान मारमा परेका हुन् । उचित मूल्य पाउने आशमा अघिल्लो वर्षको चिराइतो नबेची बसेका किसानको गोदाममा यस वर्षको उत्पादन समेत थपिएको छ । केही व्यापारीले चिराइतोमा कम गुणस्तरको भाले चिराइतो मिसाएर भारत निकासी गरेका कारण बजार खस्केको सुलुबुङका जडीबुटी कृषक युवराज पौडेलको भनाइ छ । 

तीन/चार वर्षअघि प्रतिमन रु ३० हजारसम्ममा किसानले सजिलै बेचेको चिराइतो गत वर्ष रु १५ हजारमा कारोबार भएको र यसपटक रु पाँच÷छ हजारमा बेच्न समेत धौ धौ परेको सोम राई बताउनुहुन्छ । 

चिराइतोको भाउ बर्सेनि घटेर लगानी नै उठाउन नसक्ने अवस्था आएपछि जिल्लाका करिब पाँच हजार व्यावसायिक किसान चिराइतो खेतीप्रति निराश बन्न थालेका छन् । यहाँका किसानले कम्तीमा २० मनदेखि ८० मनसम्म चिराइतो उत्पादन गर्ने गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह