२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यान दमाचौरका किसानलाई घरमा खाने तरकारी पुग्यो, विक्री गर्न बजार छैन

२०७३, ७ पुष बिहीबार १२:५१

डिल्लीराज रावत/पुस ७, सल्यान । सल्यान दमाचौर २ मैयानीकी धनमाया चन्दलाई अचेल बेलुका खाना पकाउदा तरकारी के पकाउ भन्ने चिन्ता हटेको छ । घरमा नै तरकारी उत्पादन भएपछि घरकी गृहणी ३० बर्षकी उनलाई तरकारीको कुनै समस्या छैन । 

वैकल्पिक जिविको पार्जन अन्तरगत पहल कार्यक्रमको सहयोगमा आफैले आफ्नो घरमा करेसावारी निर्माण गरेपछि उनलाई खाना पकाउदा तरकारीको समस्या टरेको हो । उनलाइ पहिला पहिला के खाम भन्ने पिरलो हुन्थ्यो अहिले त्यस्तो छैन । उनि भन्छिन – “बारिमा गयो, टिप्यो, ल्यायो, पकायो, खायो । कति आनन्द पहिला पहिला साँझ के तरकारी खाने हो भनेर चिन्तो हुन्थ्यो त्यो चिन्ता हटेको छ । गर्ने हो भने हाम्रै वरिपरि विभिन्न सम्भावना हुदा रहेछन । यत्रो पानी खेर गैरहेको थियो गरे यति हुदो रहेछ । अहिले सबैका बारिमा तरकारी छ, हामी खुशी छौं ।”

अहिले खानालाई प्रशस्त उत्पादन गरेपनि बजारमा माग भएमा विक्री गर्नलाई पनि उत्पादन गर्ने सोच भएको उनले बताइन । खानालाई सजिलो, भिटामिन पाइने, बजार बाट किनेर ल्याएको भन्दा ताजा तरकारी आफ्नै बारिमा भएपछि  सजिलो हुन्छ भनेर वरपरका आफन्तलाई पनि भन्ने गरेको र आफन्तहरुले पनि आफुबाट सिकेर बनाउन थालेको चन्दले बताएकि छन । 

आफुले मुलखोला विउ उत्पादन महिला कृषक समूह बनाएर तरकारी उत्पादन गरेको भएपनि तरकारीले बजार नपाएको समूह की अध्यक्ष कमला चन्दले गुनासो पोखेकी छन । आफुहरुले टनेलमा पनि तरकारी खेति गरेको र बजारको अभावमा दुःख झेलेको उनले बताएकी हुन । उनि भन्छिन –“समूहले उत्पादन गरेको तरकारी कुनै पनि हालतमा कुहुन दिएका छैनौ आसपासका गाउमा भएपनि ३० रुपैया, ४० रुपैयाँ जतिमा भएपनि तरकारी विक्री गरेका छौ बरु दमाचौरमा नै संकलन केन्द्र निर्माण भए आफुले अझै तरकारी खेति उत्पादन गर्ने सोचमा छौ ।”

७१ बर्षका सोबे चन्दले खुशी पोख्दै भने –“ हाम्रो जमानामा धान, गहुँु, मकै मात्रै लगाउथ्यौ तर अहिले तरकारी लगाउने दिन आएका छन, यस्तो ताजा तरकारी हामै बारीमा हुने रहेछ । अव अहिलेलाई तरकारीको समस्या छैन ।”

अहिले समूहको रुपमा टनेल खेति प्रविधिको सुरु भएको भएतापनि मैयानीका किसानले उत्पादित बस्तु बजारसम्म पुग्ने भए घरघरमा उत्पादन गर्ने जनाएका छन । 

श्रीनगरमा रहेको थापा तरकारी पसलका व्यापारी राम सुन्दर थापाले आफुहरुले तरकारी बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेकाले त्यसलाई रोक्नलाई किसानले उत्पादन गरेको सामाग्रीका बारेमा व्यापारीलाई पनि जानकारी हुने बताए । उनले धेरै उत्पादन हुने स्थानमा तरकारी ल्याउनलाई आफै गाडि लिएर पुग्ने बताउदै आफुहरुसंग सम्पर्क गर्न अनुरोध गरेका छन । पहलले मैयानीमा नै तरकारी व्यापारी र कृषकलाई भेट पनि गराएको छ उनिहरुका विचमा सम्बन्ध जोडियोस र व्यवसाय बढोस भनेर पहलका कार्यक्रमको अनुगमन संग भेटघाट कार्यक्रमको आयोजना गरेको पहलले जनाएको हो । 

पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटा ले किसान र जिल्ला कृषि विकास कार्यलयलाई जोड्ने काम गर्ने बताउदै त्यो काम पुरा भएकोमा धन्यवाद दिएका छन । अहिले करेसाबारीमा तरकारी उत्पादन गर्ने किसानहरुलाई व्यवसायीक रुपमा तरकारी उत्पादन गराउने गरी बनाउन पहलले सहयोग उनले जोड दिएका हुन । 

संकलन केन्द्रको आवश्यक भएको भए पनि पहलले सहयोग गर्ने भन्दै उनले पहिला किसानले नै जाँगर देखाउनुपर्ने देवकोटाले बताएका थिए । किसानले आफ्नो लागत हेरेर नाफा सहित मुल्य तोक्नुपने भन्दै उनले बजारसंग प्रतिस्पर्धा गर्नेगरी उत्पादन हुनुपर्ने उनको जोड थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ