पुस ११, दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । 

स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ११, दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । 

स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामूहिक च्याउखेतीबाट मासिक ६० हजार आम्दानी

११ पुष २०७३, सोमबार ०८:०२


पुस ११, दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । 

स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् । 

बजार नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुँदा ती महिलाले पनि सामूहिकमा च्याउखेतीको गरेका हुन् । उनीहरुले हिजोआज दैनिक १० किलोदेखि १२ किलोसम्म च्याउ बिक्री गर्दै आएका छन् । च्याउ प्रतिकिलो रु २०० को दरले बेच्दै आएकी समूहकी सदस्य सीता चौधरीले यसबाट घरबार धान्न सजिलो भएको बताउनुहुन्छ । 

चौधरीले भन्नुभयो– “करिब पाँच हजार लगानी गरेर सुरु गरेको च्याउखेतीको पहिलो चरणबाटै लगानी उठिसकेको छ । बाइसजना आबद्ध रहेको यस समूहले पालैपालो च्याउ बेच्न जाने गरेका छन् । ” 

दुईवटा घरमा करिब १३९ वटा पोकामा च्याउ खेती गर्दै आइरहेको सो समूहले च्याउ खेतीबाट आएको आम्दानी समूहको खातामा जम्मा गरेको र यसबाट आएको बाँकी रकम घर खर्चका लागि उपयोग गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान