पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । "/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माछापालनबाटै मासिक दुई लाख आम्दानी

२०७३, ११ पुष सोमबार ११:४७

पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । 

चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो । “बितेको दुई महिनामा करिब ४५÷५० क्विन्टल माछा बिक्री भयो”, उहाँले भन्नुभयो–“माछामा करिब ५० प्रतिशत नाफा हुन्छ ।” 

पाँच बिघा खेतमा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएका कार्कीले सुरुवातमा दश कट्ठा खेतबाट व्यवसाय थाल्नुभएको हो । “माछापालनलाई अब आधुनिकीकरण गर्दै लैजान्छु”, कार्कीले भन्नुभयो–“यसका लागि दुई÷तीनपटक माछा पालनसम्बन्धी तालिमसमेत लिइसकको छु ।” रु दश लाखको लगानीमा भारतको कलकत्ता, कैलालीको गेटा र कञ्चनपुरको झलारीपिपलाडीमा रहेका ह्याचरीबाट करिब दुई लाख भुरा ल्याएर यो वर्ष माछापालन गर्नुभएका उहाँले भन्नुभयो–“रु दश लाखको माछा बिक्री गरिसकेँ, अझै ५० प्रतिशत माछा बिक्री हुन बाँकी छ ।” 

“धान तथा गहुँबालीभन्दा माछा पालनमा राम्रो आम्दानी हँुदो रहेछ”, कार्कीले भन्नुभयो–“माछा बिक्रीबाट भएको फाइदाले जग्गादेखि ट्याक्टरसम्म जोडेको छु ।” माछापालनबाट सन्तुष्ट कार्कीले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । “रु दुई सयदेखि रु तीन सय ५० सम्म प्रतिकिलो माछा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो–“माछा खपतका लागि बजारको खासै समस्या छैन ।” उत्पादित माछा स्थानीयस्तरदेखि भीमदत्तनगर बजारसम्म खपत हुने गरेको छ । 

“म आफैँ पनि कहिलेकाहीँ माछा पु¥याउन बजारसम्म पुग्छु”, उहाँले भन्नुभयो–“धेरैजसो व्यापारी माछा किन्न फार्ममै आउँछन् ।” कञ्चनपुरमा भारतीय माछा पनि आयात भइरहेको छ । “पहिले त खेतीपातीमै थिएँ”, कार्कीले भन्नुभयो–“अन्य खेतीभन्दा माछापालन राम्रो लाग्यो ।” जिल्ला कृषि विकास कार्यालयले कञ्चनपुर माछा उत्पादनमा आत्मनिर्भर भइ नसकेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह