पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

२०७३, १४ पुष बिहीबार १०:२६


पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो । 

मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिनाको ३० गतेदेखि बाख्रा मर्न सुरु भएको खड्काले राससलाई बताउनुभयो । 

उहाँका अनुसार सुरुका दिनमै नौवटा बाख्रा मरेका थिए । फार्म रहेका ५६ वटा बाख्रामध्ये अहिले २५ वटा मात्रै बाँकी छन् । 

खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले विसं २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट रु सात लाख ऋण लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । 

बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काको भनाइ छ । 

सुरुमा बाख्राको शरीरमा रौँं पातलिँदै जाने, विस्तारै चायाँ पर्दै जाने र अन्ततः बाख्रा ¥याल काढेर मर्ने गरेको खड्काले बताउनुभयो । रोगले बाख्रा मर्न थालेपछि नजिकै मौवामा रहेको पशुसेवा केन्द्रमा सम्पर्क गरेर पशु स्वास्थ्यकर्मी बोलाइएको तर त्यसबेला रोग पत्ता नलाग्दा लक्षणका आधारमा उपचार गरिएको खड्काले बताउनुभयो । 

जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले थप समस्या देखिए विशेषज्ञ खटाउने तयारीमा रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह