पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । 

धादिङ महोत्सवका अवसरमा आयोजित कृषि म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । 

धादिङ महोत्सवका अवसरमा आयोजित कृषि म"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोह्र बालीमा ६४ कृषक पुरस्कृत

१६ पुष २०७३, शनिबार ०३:५२

पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । 

धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो । सोअनुसार आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी, दलहन/तेलहन बाली समूहमा निर्मला समूह, नगदेबाली समूहमा सेम्जोङ साना किसान कृषि सहकारी, केरा बाली समूहमा सीता अधिकारी, सुन्तला बाली समूहमा गोकुल घले र अन्य फलफूल समूहमा नारायण खाँणले प्रथम पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी साग तथा कोसेबाली समूहमा तोयाकुमारी खाँण, जरेबाली समूहमा मेनकुमारी रुवाली, फल तरकारी समूहमा धनबहादुर पाठक, काउली बन्दा समूहमा कोमलप्रसाद बिंडारी, माछा समूहमा चन्द्रबहादुर तामाङ, गानो बाली समूहमा कुम्भराज उप्रेती, मसला बाली समूहमा प्रकाश भण्डारी, लहरेबाली समूहमा मेनका आचार्य र विविध समूहमा नारायण घिमिरेले प्रथम पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, आठ सय र रु छ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’