पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

१६ पुष २०७३, शनिबार १०:५६

पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक मलको ढुवानीमा अनुदान दिदैं आएको थियो । ढुवानी अनुदान कटौती भएपछि अहिले सबिक मूल्यमा मल नपाइने भएकोले दुर्गमका विपन्न कृषकलाई समस्या भएको हो । 

मलमा दिँदै आएको रु. १६ प्रति किलो ढुवानी अनुदान कटौती गरेको छ तर मल खरिद गर्न दिएको अनुदान प्रति किलो रु. १० कायमै रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । किसानले अहिले प्रतिकिलो युरिया १५ रुपैयाँ ७६ पैसा, डिएपी ४५ रुपैयाँ ७६ तथा पोटास र प्राङ्गरिक मल ३० रुपियाँमा पाउने गरेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका प्राविधिक कुलबहादुर राईले जानकारी दिनुभयो । 

नियमित रुपमा युरिया, पोटास, डिएपी र प्राङ्गरिक मलको प्रयोग गर्दै आएका यहाँका कृषक ह्वात्तै मूल्य बढेर आउने मलको प्रयोग गर्न आर्थिक रुपमा कठिनाई हुने बताउँछन् । धेरै मलको प्रयोग गर्ने तिङ्ला– ६ तागादिङ्का रामबहादुर बस्नेतले भन्नुभयो, “मल नहाल्दा उत्पादन थोरै भएर लगानी नै उठ्दैन, मलको प्रयोग गरौँ भन्दा अघिल्लो वर्षको तुलनामा १६ रुपियाँ प्रतिकेजी मूल्य बढी तिर्नुपर्ने भयो । सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हल्ला सुनेको भन्दै कृषकलाई अनुदान नदिए मलको प्रयोग गर्न कठिन हुने र कृषिप्रति आकर्षण घट्ने उहाँले बताउनुभयो ।” 

मलमा कटौती भएको ढुवानी अनुदान पुनः उपलब्ध गराउनुपर्ने यहाँका कृषकले माग गरेका छन् । गार्माका कृषक सूर्यबहादुर श्रेष्ठले कृषिलाई बेवास्ता गर्ने अहिलेको पुस्ता पछिल्लो समय थोरै भए पनि व्यावसायिक कृषिमा लाग्न सुरु गरेका बेला सरकारले दुर्गमका कृषकलाई झनै हतोत्साहित बनाएको बताउनुभयो । 

ढुवानी अनुदान एकै पटक सबै कटौती हुँदा कृषकले मलको माग नै गर्न छाडेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताउनुभयो । 

मलको अनुदान प्रतिकेजी १० रुपियाँका दरले नेपाल सरकारबाट चार लाख रुपियाँ प्राप्त भएको बताउँदै उहाँले कृषकलाई सहुलियतमा मल उपलब्ध गराउनका लागि जिल्ला विकास समितिसँग समन्वय गरी सम्भव भएसम्म कम मूल्यमा नै मल उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । 

यसअघि अनुदानमा ठेकेदार मार्फत ढुवानी हुने गरेकोमा यस पटक सिधँै ल्याउँदा कम मूल्यमा आउनसक्ने अधिकृत भण्डारीको भनाइ छ । यस वर्ष सोलुखुम्बुका लागि ४० टन मल ढुवानी गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह