पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआ"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

२९ पुष २०७३, शुक्रबार ०७:०४

पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उहाँले भन्नुभयो – “आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर चल्छ ।” 

उहाँले सुरुवातमा रु एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गर्नुभएको थियो । हाल उहाँले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिनुभएको छ । तालिम लिएपछि उहाँ बिरुवा उत्पादन गर्न थाल्नुभएको हो । 

“बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,” उहाँले भन्नुभयो । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । थापाले घरपरिवारको सहयोगबाट नै कामलाई निरन्तरता दिँदै आउनुभएको छ । काउली, मुला लगाउने जग्गामा अलैँचीको बिरुवा रोप्ने गरेको उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेका थापा एक्कासी बिरुवा उत्पादनमा लाग्नुभएको हो । 

“आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । अलैँचीको बिरुवा उत्पादनबाटै उहाँले आठजनाको परिवार धान्दै आउनुभएको छ । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आउनुभएको छ । 

अलैँचीको एउटा बिरुवाको मूल्य रु १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई रु २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट रु दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गर्नुभएको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । उहाँले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’