माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको जागिर छाडेर आलुखेतीमा, वार्षिक १२ लाख आम्दानी

२०७३, २० माघ बिहीबार १२:०८


माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आएको छ ।

एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिनुहुन्छ । आलु खेतीसँगै उनले पशुपालनमा समर्पित हुनुहुन्छ । 'जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,' उनलेले भने ।

उनले भैँसीपालनबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दैआएका छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उनलेलाई सघाउँदै आएका छ । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनले बताए ।

'कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,' उनले भने।काठमाडौँमा पसल गरेर बस्दै आएका उनलेका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्किए । 'मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,' सन्तोषले भने । 'परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ ।' घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोडेका छन्। 'मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,' उनले भने, नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उनी बताउँछन् ।

प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताए । 'छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,' उनलेले भने । उनले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आएका छन् ।

सुरुवातमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उनलेलाई सिचाइको समस्या भएको छ। घरमै उत्पादित मल प्रयोग गर्दैआउनुभएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहन्छ। उनले गाउँमा समेत बीउ वितरण गर्दैआएका छन् ।

विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उनको भनाइ छ । सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुर्ख्यौली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताए । 

समाजसेवामा समेत समर्पित उनले समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्दैनन् ।

प्रहरीमा जागिर गरेका कारण उनलाई गाउँभरि 'पुलिस माइला'को नामले चिन्ने गर्छन् । आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन