माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको जागिर छाडेर आलुखेतीमा, वार्षिक १२ लाख आम्दानी

२० माघ २०७३, बिहीबार १२:०८


माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आएको छ ।

एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिनुहुन्छ । आलु खेतीसँगै उनले पशुपालनमा समर्पित हुनुहुन्छ । 'जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,' उनलेले भने ।

उनले भैँसीपालनबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दैआएका छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उनलेलाई सघाउँदै आएका छ । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनले बताए ।

'कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,' उनले भने।काठमाडौँमा पसल गरेर बस्दै आएका उनलेका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्किए । 'मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,' सन्तोषले भने । 'परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ ।' घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोडेका छन्। 'मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,' उनले भने, नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उनी बताउँछन् ।

प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताए । 'छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,' उनलेले भने । उनले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आएका छन् ।

सुरुवातमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उनलेलाई सिचाइको समस्या भएको छ। घरमै उत्पादित मल प्रयोग गर्दैआउनुभएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहन्छ। उनले गाउँमा समेत बीउ वितरण गर्दैआएका छन् ।

विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उनको भनाइ छ । सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुर्ख्यौली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताए । 

समाजसेवामा समेत समर्पित उनले समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्दैनन् ।

प्रहरीमा जागिर गरेका कारण उनलाई गाउँभरि 'पुलिस माइला'को नामले चिन्ने गर्छन् । आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की