पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राख"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका २५ गाविसका गाउँ गाउँमा कृषि प्राविधिक

१६ फाल्गुन २०७३, सोमबार ०४:१६

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राखेको छ । ५० गाविस र १ नगरपालिका गरि ५१ वटा स्थानीय निकाय रहेको ओखलढुंगाका सेवा केन्द्र भन्दा टाढा र प्राविधिकको पहुँच नभएका २४ गाविस  र १ नगरपालिकामा कृषि प्राविधिक राखिएको हो ।

‘एक गाविस, एक कृषि प्राविधिक’ भन्ने सरकारी नीति अनुसार सेवालाई प्रभावकारी बनाउन दुर्गम गाविसहरुमा प्राविधिक खटाईएको वरिष्ठ कृषि विकास अधिकृत झलकनाथ कँडेलले  बताउनुभयो । ‘जतिसक्दो सेवालाई प्रभावकारी बनाउन दुर्गम र पहुँच नभएका गाविसमा प्राविधिक पठाउनेकाम भईरहेको छ’ वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भन्नुभयो,‘पशु प्राविधिकहरु पनि गाँउगाँउमा छन् सकेसम्म नदोहोरिने हिसाबले राख्ने अभ्यास गरिरहेका छौँ ।’ कार्यालयले थप गरेको नँया प्राविधिकले गाउँगाउँमा पुगेर बिउ बिजन वितरण गर्ने, कृषि सम्बन्धी परामर्श गर्ने र कृषि सेवा केन्द्र तथा कृषि विकास कार्यालयसँग सम्पूर्ण किसानको पँहुच पु¥याउनका लागि सहयोग पु¥याउने वरिष्ठ कृषि विकास अधिकृत कँडेलले जानकारी दिनुभयो । 

गतवर्ष जिल्लाका ७ गाविसमा कृषि प्राविधिक राखिएकोमा यस वर्ष १८ जना थप गरेर त्यो संख्या २५ पु¥याईएको छ । श्रीचौर, च्यानम, भदौरे, बेतिनी, सिंहदेवी, जन्तरखानी, विलन्दु, केत्तुुके, मुलखर्क, टारकेराबारी, उँबु मोली, थाक्ले, यसम, पोकली, रगनी, भुसिंगा, खिजिकाती, माम्खा, बलखु, हर्कपुर, विगुटार, कुन्तादेवी, पोखरे र सिद्धिचारण नगरपालिकामा कृषि प्राविधिक खटाइएको छ । कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ । नयाँ सिरफारीस भएका प्राविधिकहरुलाई पनि नियूक्ति दिएर गाँउ पठाईएको छ ।


ओखलढुंगामा २५ जना करारमा नियुक्त गरिएका २ जना,राष्ट्रिय योजना आयोगबाट सिफारीस भई आएका स्वयंसेवक र २० जना जिल्ला कृषि विकास कार्यालयमा कार्यरत रहेका समेत गरेर वरिष्ठ कृषि विकास अधिकृत सहित कृषि प्राविधिकहरुको संख्या ४७ पुगेको छ । 

कृषि प्राविधिकहरुको संख्या थप गरेर गाउँ गाउँमा पठाईएपछि कृषिका क्षेत्रमा देखिएका समस्या समाधान हुने र किसानको गुनासो समेत कम हुने लक्ष्य राखिएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य