फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् ।
यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम "/>
फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् ।
यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम "/>
फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् ।
यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघुउद्यम सुरु गरिएको डाँफे उद्यमी समूहका अध्यक्ष तारा बुढाले जानकारी दिनुभयो ।
“कर्णाली क्षेत्रको रैथाने बालीको रुपमा रहेको फापरको महत्व नबुझी बेवास्ता गरिएका कारण लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र उत्पादन गर्न हामी लागिपरेका छौँ” – उहाँले भन्नुभयो ।
पटमाराका महिलाले फापर उत्पादन वृद्धि गरेर आयआर्जन बढाउने लक्ष्य लिएकोे प्रगतिशील उद्यमी समूहका अध्यक्ष जानदेवी बुढाले बताउनुभयो ।
महारुद्र उद्यमी समूहका अध्यक्ष देवीकन्या बुढाले फापरको पुरिया बनाउने लेवल लगाउने र प्रशोधन गरेर बजार पु¥याउने काम गरेर महिलाको आर्थिकस्तर उकास्ने उद्देश्यले उद्यमी समूह गठन गरिएको बताउनुभयो । उनीहरुले ग्रामीण परिवेश नेपाल नामक संस्थाले दिएको पिठो उत्पादन र उद्यम विकासको आठदिने तालिमबाट फापरबाली उत्पादनमा आकर्षित भएको बताए ।
संयुक्त राष्ट्र संघीय विकास कोषको सहयोग र ग्रामीण परिवेश नेपाल, जुम्ला शाखाले सञ्चालन गरेको लघु पुँजीगत अनुदान कार्यक्रमअन्तर्गत फापरबालीसहित पिठो उत्पादन समेत गर्न महिलालाई उद्योगसम्बन्धी तालिम प्रदान गर्नुका साथै रु एक लाख १० हजारको ग्र्यान्डिङ र तौललने उपकरण सहयोगस्वरुप उपलब्ध गराइएकोे आयोजक संस्थाका कार्यकारी निर्देशक अमर रोकायाले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका बालीसंरक्षण अधिकृत चन्द्रबहादुर बुढाले फापर हिमाली क्षेत्रको बहुउपयोगी र अनिकालको अन्नबालीका रुपमा परिचित रहेको जनाउनुभयो । “फापरसँग रक्तस्राव, उच्च रक्तचाप, मधुमेह, दाँतको गिजाबाट रगत आउनेजस्ता रोगको उपचारमा उपयोगी हुनाका साथै प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ” – अधिकृत बुढाले भन्नुभयो । यसको उत्पादन वृद्धि गर्न जरुरी रहेकाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङलगायतका हिमाली जिल्लामा यसको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । रासस