फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । 

यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । 

यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फापर उत्पादनमा महिला आकर्षित

२०७३, १६ फाल्गुन सोमबार ०७:००


फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । 

यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघुउद्यम सुरु गरिएको डाँफे उद्यमी समूहका अध्यक्ष तारा बुढाले जानकारी दिनुभयो । 

“कर्णाली क्षेत्रको रैथाने बालीको रुपमा रहेको फापरको महत्व नबुझी बेवास्ता गरिएका कारण लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र उत्पादन गर्न हामी लागिपरेका छौँ” – उहाँले भन्नुभयो । 

पटमाराका महिलाले फापर उत्पादन वृद्धि गरेर आयआर्जन बढाउने लक्ष्य लिएकोे प्रगतिशील उद्यमी समूहका अध्यक्ष जानदेवी बुढाले बताउनुभयो । 

महारुद्र उद्यमी समूहका अध्यक्ष देवीकन्या बुढाले फापरको पुरिया बनाउने लेवल लगाउने र प्रशोधन गरेर बजार पु¥याउने काम गरेर महिलाको आर्थिकस्तर उकास्ने उद्देश्यले उद्यमी समूह गठन गरिएको बताउनुभयो । उनीहरुले ग्रामीण परिवेश नेपाल नामक संस्थाले दिएको पिठो उत्पादन र उद्यम विकासको आठदिने तालिमबाट फापरबाली उत्पादनमा आकर्षित भएको बताए । 

संयुक्त राष्ट्र संघीय विकास कोषको सहयोग र ग्रामीण परिवेश नेपाल, जुम्ला शाखाले सञ्चालन गरेको लघु पुँजीगत अनुदान कार्यक्रमअन्तर्गत फापरबालीसहित पिठो उत्पादन समेत गर्न महिलालाई उद्योगसम्बन्धी तालिम प्रदान गर्नुका साथै रु एक लाख १० हजारको ग्र्यान्डिङ र तौललने उपकरण सहयोगस्वरुप उपलब्ध गराइएकोे आयोजक संस्थाका कार्यकारी निर्देशक अमर रोकायाले जानकारी दिनुभयो । 

जिल्ला कृषि विकास कार्यालयका बालीसंरक्षण अधिकृत चन्द्रबहादुर बुढाले फापर हिमाली क्षेत्रको बहुउपयोगी र अनिकालको अन्नबालीका रुपमा परिचित रहेको जनाउनुभयो । “फापरसँग रक्तस्राव, उच्च रक्तचाप, मधुमेह, दाँतको गिजाबाट रगत आउनेजस्ता रोगको उपचारमा उपयोगी हुनाका साथै प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ” – अधिकृत बुढाले भन्नुभयो । यसको उत्पादन वृद्धि गर्न जरुरी रहेकाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङलगायतका हिमाली जिल्लामा यसको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा