२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बगरमा परिणत भएको जमिन पुनः खेतीयोग्य

२०७३, ३० फाल्गुन सोमबार १०:०६

फागुन ३०, सिन्धुली । जिल्लाको विभिन्न नदी तथा खोलाले कटान गरेर बगरमा परिणत भएको करिब ५०० हेक्टर खेतीयोग्य जमिन पुनः खेतीयोग्य भएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको सहयोगमा विभिन्न नदी तथा खोलामा तटबन्ध गरिएपछि बगरमा परिणत भएको जग्गा अहिले खेतमा परिणत भएको हो । सो कार्यालयको मझौला नदी नियन्त्रण कार्यक्रमअन्तर्गत कमला नदीको १४ वटा स्थानमा, मरिनमा १२, तावामा दुई, चदाहा खोलामा दुई तथा सुनकोसी नदीको कुशेश्वरधाम क्षेत्रको दुईवटा स्थानमा तटबन्ध गरिएको कार्यालयले जनाएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको रु तीन करोड १० लाख लागतमा उक्त जमिनलाई खेतीयोग्य बनाइएको हो । बगरलाई खेतीयोग्य जमिन बनाइएपछि करिब एक हजार २०० घरपरिवार लाभान्वित हुने बताइएको छ । त्यस्तै कमला नदी नियन्त्रण १४ वटा कार्यक्रमअन्तर्गत एक हजार ८८ वटा जालीका लागि रु ८० लाख बजेट उपलब्ध गराइएको थियो । तटबन्ध गरेपछि यस वर्षबाट खेतीयोग्य जमिन कटानको समस्या टरेको छ । यहाँका करिब ३०० घरधुरी लाभान्वित हुने छन् । 

जिल्लाका ठूला तथा मझौला नदीले खेतीयोग्य जमिन कटान गर्ने समस्या रहेका स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको डिभिजन कार्यालयका इन्जिनियर सुदानन्द झाले बताउनुभयो । बढी जोखिम भएका स्थानमा कमभन्दा कम खर्चमा स्थानीय उपभोक्ताको सहभागितामा परियोजना सञ्चालन गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

डिभिजन कार्यालयले जिल्लामा स्थलविशेष गरिने प्रकोप नियन्त्रण आठवटा कार्यक्रममा रु ४० लाख, पहिरो व्यवस्थापनका दुईवटा कार्यक्रममा रु १० लाख, बस्ती बजार संरक्षणका दुईवटा कार्यक्रममा रु १० लाख, जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रमका लागि रु एक करोड र राष्ट्रिय पुनःनिर्माण कोष नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन कार्यक्रम (भूकम्पबाट प्रभावित) आठवटा कार्यक्रममा रु ४२ लाख २५ हजार बजेट विनियोजन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने