२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बगरमा परिणत भएको जमिन पुनः खेतीयोग्य

३० फाल्गुन २०७३, सोमबार १०:०६

फागुन ३०, सिन्धुली । जिल्लाको विभिन्न नदी तथा खोलाले कटान गरेर बगरमा परिणत भएको करिब ५०० हेक्टर खेतीयोग्य जमिन पुनः खेतीयोग्य भएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको सहयोगमा विभिन्न नदी तथा खोलामा तटबन्ध गरिएपछि बगरमा परिणत भएको जग्गा अहिले खेतमा परिणत भएको हो । सो कार्यालयको मझौला नदी नियन्त्रण कार्यक्रमअन्तर्गत कमला नदीको १४ वटा स्थानमा, मरिनमा १२, तावामा दुई, चदाहा खोलामा दुई तथा सुनकोसी नदीको कुशेश्वरधाम क्षेत्रको दुईवटा स्थानमा तटबन्ध गरिएको कार्यालयले जनाएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको रु तीन करोड १० लाख लागतमा उक्त जमिनलाई खेतीयोग्य बनाइएको हो । बगरलाई खेतीयोग्य जमिन बनाइएपछि करिब एक हजार २०० घरपरिवार लाभान्वित हुने बताइएको छ । त्यस्तै कमला नदी नियन्त्रण १४ वटा कार्यक्रमअन्तर्गत एक हजार ८८ वटा जालीका लागि रु ८० लाख बजेट उपलब्ध गराइएको थियो । तटबन्ध गरेपछि यस वर्षबाट खेतीयोग्य जमिन कटानको समस्या टरेको छ । यहाँका करिब ३०० घरधुरी लाभान्वित हुने छन् । 

जिल्लाका ठूला तथा मझौला नदीले खेतीयोग्य जमिन कटान गर्ने समस्या रहेका स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको डिभिजन कार्यालयका इन्जिनियर सुदानन्द झाले बताउनुभयो । बढी जोखिम भएका स्थानमा कमभन्दा कम खर्चमा स्थानीय उपभोक्ताको सहभागितामा परियोजना सञ्चालन गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

डिभिजन कार्यालयले जिल्लामा स्थलविशेष गरिने प्रकोप नियन्त्रण आठवटा कार्यक्रममा रु ४० लाख, पहिरो व्यवस्थापनका दुईवटा कार्यक्रममा रु १० लाख, बस्ती बजार संरक्षणका दुईवटा कार्यक्रममा रु १० लाख, जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रमका लागि रु एक करोड र राष्ट्रिय पुनःनिर्माण कोष नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन कार्यक्रम (भूकम्पबाट प्रभावित) आठवटा कार्यक्रममा रु ४२ लाख २५ हजार बजेट विनियोजन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला