चैत ९, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । 

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । 

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा एक अर्बको आलु उत्पादन

९ चैत्र २०७३, बुधबार ०७:१५

चैत ९, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । 

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो । 

“अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” डा गैरेले भन्नुभयो – “किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।” 

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो रु १३ देखि रु १५ मा कारोबार हुँदा किसान प्रतिकिलो पाँच रुपैयाँसम्म नाफा गर्न सफल भएका खानीगाउँका भीमप्रसाद ढकाल बताउनुहुन्छ । “व्यापारी आलु खरिद गर्न खेतमै आउने गरेकाले बजारको समस्या छैन,” ढकालले भन्नुभयो । 

जिल्लामा दुई याममा गरी चार हजार ३०० हेक्टरमा आलु लगाइएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले बताउनुभयो । “अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ,” उहाँले भन्नुभयो । 

जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८०० हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा नौ हजार ४०० उत्पादन भएको थियो । फागुन÷चैतमा उत्पादन हुनेगरी तीन हजार ६०० हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा आठ हजार मेट्रिक टन बढी हो । 

आलुखेतीका लागि सुहाउँदो हावापानी भएकाले जिल्लामा कार्डिनल, एमएस४२ (निलो), जनकदेव, कुर्फिज्योति जात बढी लगाइन्छ । शीतभण्डारण (कोल्ड स्टोरेज)को अभावका कारण आफू अनुकूलको मूल्य नपाएको किसानले गुनासो गरेका छन् । व्यापारीले अहिले किसानलाई प्रतिकिलो रु १५ सम्म खेतबारीमै मूल्य दिने गरेका छन् । तर त्यही आलु उपभोक्ताको घरसम्म पु¥याउँदा किसानले दोब्बर मूल्य पाउने गरेका ढिकुरेका किसान नारायण धमलाले बताउनुभयो । 

जिल्लाको चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको आलु खरिद गर्न काठमाडाँै, तनहुँ, पोखरा, बुटवलका व्यापारी आउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव