२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण

११ चैत्र २०७३, शुक्रबार ११:०९

 नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ । 

जिल्लाको खाद्य सुरक्षालाइ मध्यनजर गर्दै बिजबृद्धि गर्ने उदेश्यले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयद्धारा बालि विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत र कृषि प्रसार कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाइ उन्नत जातको धानको बिउ वितरण गरीएको हो । 

कार्यालयका प्राविधिक सहायक मोहनसिंह महतका अनुसार जिल्लाका चारवटा कृषि सेवा केन्द्र मार्फत कृषकहरुलाइ चार उन्नत जातको धानको बिउ अनुदानमा बितरण गरीएको छ । जसमा कृषि अनुसन्धान केन्द्र विजयनगरले सिफारिस गरेको लेकालि १ र ३ कालो जातको उन्नत जातको धान र चन्दननाथ १ कालो तथा चन्दननाथ ३ सेता जातको उन्नत जातको धानको बिउ बितरण गरीएको महतले जानकारी दिनुभयो । 

कृषकलाइ बितरण गरीएको उन्नत जातको धानको बिउ हाटसिंजाका कृषकले २ हेक्टर, नराकोटका कृषकले २ हेक्टर, तातोपानिका कृषकले ४ हेक्टर र चन्दननाथ नगरपालिकाका कृषकले ८ हेक्टर गरी १६ हेक्टर खेतियोग्य जमिनमा रोपाइका लागि दिइएको हो । 

यसैबिच उक्त बितरण गरीएको बिउ कृषकहरुले शनिबार भिजाउने भएका छन् । जुम्लामा परम्परादेखि गरिँदै आएको चलन अनुसार यहि चैत्र १२ गते अर्थात भोलि शनिबार धानको बिउ सबै कृषकको घरघरमा भिजाइदै छ ।

 इतिहास अनुसार चन्दननाथ बाबाले भारतको कास्मीरबाट ल्याउनु भएको काली मार्सी धानको बीऊलाई त्यहि समयदेखि चैत १२ गते भिजाउने गरिएको भएपनि हाल सबै प्रकारका धानके बिउ चैत्र १२ गते भिजाउने गरीन्छ । 

परम्परा अनुसार कृषकहरुले आफुलाई चाहिने जति बिउ केलाएर नदि वा घरमा एउटा ठुलो भाँडोमा पानीमा डुबाएर धानको बिउ भिजाईने गरीरहेका छन् । चैत्र १२ गते भिजाइएको धानको बिउ ४ दिनसम्म पानीमा भिजाएपछि १६ गते बीउलाई पानीबाट झिकेर सुकाउने गरिन्छ भने २० गते व्याडमा राखिन्छ । 

तर कतिपय कृषकहरुले बिउ छान्ने र भिजाउने तरीका थाँहा नपाएको र नअपनाएको कारण पछिगएर बिउ बिग्रिने गरेको कृषि विज्ञहरुले बताएका छन् । कृषकलाइ बीउ सुकाउँदा घाममा नभइ छहारीमा सुकाउनु पर्ने भन्दै धानको बिउ राख्दा पोटिलो बिउ राख्नुपर्ने कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । 

नुन पानीको घोलमा धानलाई भिजाएर सफा पानीमा पखाली सकेपछि पोटिलो बिउ राख्दा राम्रो हुने केन्द्रका निमित्त प्रमुख बिष्णु बहादुर हमालले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य