बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित

५ बैशाख २०७४, मंगलवार ०५:४३

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित भएका हुन । 

केहि बर्ष अघि सप्रोस नेपालले गाउघरमा किसानहरुको साना साना समुह बनाई घुम्तीकोष संचालन गरि आलु खेतीको सुरुवात गरेको थियो । अरुले आलु खेती गरेको देखेर आम्दानीको राम्रो सम्भावना भएका कारण आलु खेतीमा लागेको स्थानिय युवाहरुको भनाई छ । अहिले युवाहरुमिलेर गिरौँको १५ रोपनी जमिनमा आलु खेती गरेका छन् । आफ्ना साथिहरु विदेश जादै गरेको देख्दा आफुलाई पनि विदेश जान रहर पलाएको तर आलु खेती बाटै मात्र बार्षिक डेढ लाख देखि दुई लाख सम्म कमाई हुने गरे पछि त्यो रहर हटेको दहबगर गिरौँका कलक धामीको भनाई रहेको छ । कात्र्तिक  र मंसिरमा आलु लगाएर चैत बैशाखमा आलु विक्रिका लागी तयार हुने गर्दछ । 

अहिले आलु खेतमै २५ रुपयाँ प्रति किलोमा विक्रि हुने गरेको छ । पहिले बजार अभावका कारण विक्रि वितरणमा समस्या थियो भने आलुमा रोग तथा किराल ले समेत दुख दिने गरेको र खपतका लागी बजार नजिक नहुदा किसानहरुले रोग को उपचार नगर्ने गरेका थिय । तर कालंगा हाईड्रो पावर बन्ने भए पछि कामदारहरुको संख्या बढे संगै गाउमै आलुको माग पनि बढेको अर्का युवा अमर धामीले जानकारी दिनु भयो । गहुँ लगाए बढिमा तीन महिना पुग्ने गरि उत्पादन हुन्थ्यो भने आलु खेतीले तीन महिनामै राम्रो आम्दानी भएको देख्दा किसानहरु उत्साहित भएका छन् । 

आलु बेचेको पैसाले छोरा छोरीको पढाई खर्चका साथै आफ्नो घरायसी खर्च समेत चलाउन सजिलो भएको छ । खर्च गरेर बाँकी रहेको पैसा सहकारीमा जम्मा गर्ने थालेका छन् । भनेको समयमा निकाल्न सजिलो भएका कारण जम्मा गर्ने गरेका छन । जम्मा गर्न आउदा आम्दानीको श्रोत केहो भनि सोध्दा आलु विक्रि बाट भन्ने जवाफ आउने गरेको र घरमा हुँदा पैसा खर्चृ हुने गरेको कारण सहकारीमा जम्मा  गर्ने गरेको दहबगर कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम धामीको बताउनु भयो । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’