शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ताजा तरकारीले चिनिएको कपुरकोट घाँस खेतीबाट पनि परिचय बनाउंदै

१ श्रावण २०७४, आईतवार ०८:५३


शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ ।

खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्दै आएका छन् । र समूहबाट उपभोक्तालाइ पुगिसकेपछि जिल्लाका विभिन्न क्षेत्र सम्म घाँसको विरुवा विक्र समेत हुने गरेको छ ।

जिल्ल पशु सेवा कार्यालय सल्यानले कपुरकोट क्षेत्रका सामुदायीक वन समूहबाट घाँस उत्पादन र विक्रि भइरहेको जनाएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ३ मा रहेको पाखापानी सामुदायीक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा विक्रि मार्फत आम्दानी पनि गर्दै आएको छ ।

वन समूहकी अध्यक्ष तारादेवी सेनले आफ्नो वन समूहमा विभिन्न जातका वहुवर्षिय डाले घाँस रहेको जनाइन् । उनले भनिन्– ‘हामीले केहि वर्षयता निपियर, अम्रिसो, टाँकी, कोटमीरो, खन्यु लगाएतका उन्नत घाँसको विरुवा उत्पादन गर्दै आइरहेका छौं ।’ उन्नत जातको घाँस पोषिलो हुने र पशुपालनमा सजिलो हुने भएपछि अहिले आफ्नो समूहका किसानहरुले बारिको ढिक काल्नामा घाँस खेती गरेको उनले जनाइन् ।

व्यावसायिक घाँस उत्पादनले पशुपालनको लागत घटाउने भएकाले पशु कार्यालयले पनि विभिन्न सहयोग गरिरहेको छ । पाखापानीमा घाँस उत्पादनका लागी नर्सरि स्थापनामा ३० हजार बराबरका सामाग्री र घाँसको विउ सहयोग गरेको पशु सेवा केन्द्र कपुरकोटका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले जानकारि दिए । उनले भने– हामीले वन समूहलाइ घाँसका विरुवा उत्पादनमा सहयोग संगै ती विरुवा किनेर अन्यत्रका किसानलाइ निःशुल्क वितरण गरिरहेका छौं ।

हाल सम्म ३७ हजार भन्दा बढि घाँसका विरुवा पाखापानी सामुदायीक वनबाट किनेर सल्यानको कालिमाटी, रागेचौर लगाएतका क्षेत्रमा पठाइएको रेग्मीले जानकारि दिए ।

विरुवा विक्रीबाट यो वर्ष अहिले सम्म करिव १ लाख आम्दानी भएको वन समूहकी अध्यक्ष सेनले जनाइन् । विरुवा उत्पादनमा जिल्ला वन कार्यालयले पनि सल्लाह सहयोग गरेको उनको भनाइ छ । अझै आफ्नो नर्सरिमा ४५ हजार बढि घाँसका विरुवा रहेको सेनले जनाइन् । नर्सरि नाइके थमन कुमारि रावलबाट नर्सरिको रेखदेख हुने गरेको वनले जनाएको छ ।

पशुजन्य उत्पादनको उत्पादन लागत घटाउँदै गुणात्मक आहारको आपूर्ति गरी दूध तथा मासुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य अनुसार पशु सेवा कार्यालयले उन्नत जातका घाँस खेतीमा जोड दिदै आएको छ । कार्यालय अन्तर्गत जिल्लाका विभिन्न सेवा कार्यालय मार्फत सुडान, बाज्रा, मकै चरि, रिओसेन्टी, स्टाइलो जस्ता भुँइ घाँसको विउ वितरण भइरहेको कार्यालयले जनाएको छ ।

व्यवशायीक पशुपालन मार्फत जिल्लालाइ मासु र दुधमा आत्मनिर्भर बनाइ किसानहरुको आर्थीक विकासमा टेवा पुर्याउन उन्नत घाँस खेती जरुरी रहेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन