२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को

५ बैशाख २०८२, शुक्रबार १७:००

काठमाडौँ | कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहेका हुन् । साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गरेका हुन् । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन् । शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुगेका शाहीले भारतको सिम्लामा २५ वर्षसम्म भन्दा बढी स्याउ फर्ममा काम गरे ।

परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ (कोरोना भाइरस)ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब दुई वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उनले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गरे । अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी सुरु गरेको शाहीले जानकारी दिए । सुरुवातका वर्षमा उनले स्याउ नर्सरीबाट पाँच हजार बिरुवा बेचेको बताए ।

भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ । दुई वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको छ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उनले अनुभव सुनाए । हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा रु तीन सयदेखि रु नौ सयसम्ममा बिक्री गरिरहेको जानकारी दिए । फार्ममा लगाएको तीन सय बोट उत्पादन दिन तयार भएका उनले बताए ।

“छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसा क्षेत्रमा स्याउ फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो । दुई वर्ष अघि नर्सरीको सुरुआत गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो”, उनले भने, “अहिले बिरुबा लिन मुस्ताङ भित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउनुहुन्छ ।”शाहीका अनुसार अबको पाँच वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुबा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैंँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ । शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको एक हजार ९०० मिटरदेखि तीन हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला