१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा

१५ बैशाख २०८२, सोमबार १२:०२

काठमाडौँ | शुक्लाफाँटा नगरपालिका–४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसबाट २०० बढी परिवार लाभान्वित भएका छन् ।

वडा कार्यालयले रु दुई लाख रकम खर्च गरी बिग्रिएको बोरिङ मर्मत गरी सञ्चालन गरेको हो । “वर्षौंदेखि बोरिङ बिग्रँदा सिँचाइ सुविधाबाट वञ्चित रहँदै आएका थियौँ”, स्थानीय नेपाली रानाले भन्नुभयो, “बोरिङबाट लगातार पानी चुहिँदा नजिकको झण्डै दुई बिघा बढी जग्गा सिमसारमा परिणत भएको थियो ।”

बोरिङका भल्व फेर्ने कार्य गरिएपछि चाहेको बेला खेतमा सिँचाइ गर्न सकिने र नचाहिएका बेला बन्द गर्न सकिने भएको उहाँले बताउनुभयो । बोरिङबाट लगातार पानी चुहिने कारणले खेती लगाउनै मुस्किल हँुदै आएको नत्थु रानाले बताउनुभयो । “बोरिङ मर्मत गरिएपछि व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सकिने भएको छ”, उहाँले भन्नुभयो, “खेतीका लागि आवश्यक पर्ने पानी बोरिङबाटै उपलब्ध हुने भएको छ ।”

“तरकारीखेती गर्नका लागि बोरिङको पानी पु¥याउन सम्भव नहुँदा विगतमा घरकै नल्कामा जडान गरिएको मोटरबाट सिँचाइ गर्दै आएका थियौँ”, सुशीला रानाले भन्नुभयो, “बोरिङ मर्मत भएपछि सहजरुपमा सिँचाइ गर्न पाइएको छ ।” विसं २०४० अघि किसानको खेतमा सिँचाइ सुविधा उपलब्ध गराई कृषिको उत्पादकत्व बढाउनका लागि अटोमेटिक (स्वचालित) बोरिङ जडान गरिएको थियो ।

बोरिङ जडान भएको केही वर्षसम्म सहजरुपमा सञ्चालन भए पनि भल्व बिग्रिँदा अलपत्र परेको थियो । भल्व मर्मतका लागि स्थानीय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए ।

वडाध्यक्ष कमल ठकुल्लाले स्थानीय बासिन्दाको मागअनुसार बोरिङ मर्मत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । बोरिङ मर्मतसँगै त्यसको सुरक्षाका लागि पर्खाल निर्माण गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

बोरिङले प्रतिसेकेण्ड छ इञ्च पानी फाल्ने गर्दछ । बोरिङ मर्मत भएपछि वडाका दुई सय बढी किसानको झण्डै ६० बिघा बढी जग्गामा सिँचाइ सुविधा पुगेको वडासदस्य मनिदत्त पन्तले बताउनुभयो । स्थानीय बासिन्दाले बोरिङको पानी सिँचाइसँगै लत्ताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने कार्यमा पनि प्रयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का