१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

१७ जेष्ठ २०८२, शुक्रबार १६:२२
काठमाडौँ । तनहुँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गर्नुभएको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो ।
सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गर्नुभएका उहाँले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी दिनुभयो ।  ५० रोपनी जग्गा भाडामा लिएर शीतलचिनीको खेती गरेकामा १८० किलोग्राम उत्पादन भएको उहाँले बताउनुभयो ।
“उत्पादित मोरिङ्गा पाउडरमध्ये १०० किलो लुम्बिनीस्थित मोरिङ्गा एग्रो उद्योगलाई प्रतिकिलो रु एक हजारका दरले बिक्री गरिसकेको छु । बाँकी ८० आफैँले प्याकेजिङ गरेर बिक्री गर्ने तयारी छ”, पराजुलीले भन्नुभयो, “जिल्लामै पहिलो उद्योग हो यो । यहाँबाट उत्पादन भएको मोरिङ्गा पाउडरलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने सोचसहित आफैँले प्याकेजिङ गरेर बिक्री गर्न लागेको छु ।”
अवकाशपश्चात् यस खेतीबारे आवश्यक अध्ययन गरेर रु २० लाख लगानीमा उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । विगतमा झाँडी रहेको जग्गा भाडामा लिएर फँडानी गरी पाँच हजार बोट लगाएर व्यवसाय सुरु गरेको पराजुलीले जानकारी दिनुभयो । उहाँले मोरिङ्गाको पातबाट धुलो बनाएर प्याकेजिङ गर्ने कार्यका लागि घरेलु तथा पर्यटन उद्योग कार्यालयमा उद्योग स्थापना गर्नुभएको छभने उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँबाट अनुज्ञापत्र अनुमति लिनुभएको छ ।
“अवकाश भएपछि त्यसै बस्न मन लागेन, त्यसैले उद्योग दर्ता गरेर काम सुरु गरेँ । मोरिङ्गाको धुलो बाहिरी जिल्लाबाट २०० ग्रामका लागि रु ७०० मा आउने रहेछ । जिल्लाभित्रैको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले रु ५०० मात्रै शुल्क निर्धारण गरेको छु”, उहाँले भन्नुभयो ।
पराजुलीले यस कार्यका लागि दुई जनालाई रोजगारी दिनुभएको छ । उत्पादनका बेला भने पात काट्नका लागि छ÷सात जनालाई काममा लगाउनु परेको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म यसको उत्पादन हुने गरेको छ । पोषणतत्व बढी हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक भएको र विशेष गरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिकलगायत बिरामीलाई यसले फाइदा गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का