२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई सहुलियतमा धानको बीउ

१८ जेष्ठ २०८२, शनिबार १६:३७

काठमाडौँ ।  पाल्पामा  किसानले सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ ।

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार नौ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताउनुभयो ।

नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको जानकारी दिनुभयो । रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर–६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताउनुभयो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्रीप्रति किलो रु ३४, रामधानर साँवामन्सुलीप्रति किलो रु ३७ का दरले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो