भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ ।&"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवन र मकवानपुरमा यी आठवटा ठाउँमा डिप ट्युबवेल निर्माण सुरु

२०७४, २२ भाद्र बिहीबार ११:३६

भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ । 

चितवन र मकवानपुरमा सेवा पु¥याउँदै आएको कार्यालयले यहाँका विभिन्न आठ स्थानमा डिप ट्युबवेल निर्माणको काम थालेको भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी अमलेस यादवले जानकारी दिनुभयो । चितवनमा ६ र मकवानपुरमा दुईवटा स्थानमा डिप ट्युबवेल निर्माण थालिएको हो । 

चितवनको कालिका नगरपालिका–८ सिमलबस्ती, भरतपुर महानगर–६ शान्तिपुर र १४ शिवनगर तथा पश्चिम चितवनको देवनगर, राप्ती नगरपालिका–५ रामपुर टाँडी तथा खैरहनी नगरपालिका–४ भुत्याहामा डिप ट्युबवेल निर्माण थालिएको हो । 

यस्तै मकवानपुरको हेटौँडा–१६ र १८ मा ट्युबवेल निर्माण निर्माण थालिएको छ । तीन चरणमा निर्माण सक्नेगरी शुरु भएको उक्त ट्युबवेल निर्माणको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्ष दोस्रो चरणको काम सञ्चालन हुने कार्यालयले जनाएको छ । 

उक्त योजना सम्पन्न गर्दा प्रतिडिप ट्युबवेलको रु ८० लाख लागत लाग्ने सूचना अधिकारी यादव बताउनुहुन्छ । पहिलो चरणको काम सकिँदा सबै गरेर रु एक करोड ६० लाख खर्च भएको छ । एक सय मिटर तल जमिनमुनिबाट पानी निकालिएको छ । चितवनमा ६ वटा डिप ट्युबवेलले १८५ हेक्टर क्षेत्रफल सिञ्चित हुने र मकवानपुरको दुईवटा ट्युबवेलबाट ४० हेक्टर क्षेत्र सिँचाइ गर्न सकिने बताइएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस