२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

यस्तो छ बाजुरामा रैथाने बालीको सम्भावना

२०७४, २४ भाद्र शनिबार ०६:१०

भदौ २४, बाजुरा । मानव विकास सूचकांकमा पुछारमा रहेको जिल्ला लामो समयदेखि खाद्य असुरक्षित रहँदै आएको छ । 

पाँच वर्षमुनिका बालबालिका कुपोषित हुने दर पनि अन्य जिल्लाको भन्दा उच्च छ । भौगोलिक विकटता र दुर्गमले गाँजेको जिल्ला सामाजिक आर्थिक विकासका सूचक र चेतनाको दृष्टिले पनि देशका अन्य भागभन्दा पछि छ । 

जिल्लाको खाद्य तथा पोषण सुरक्षाको अवस्था सुधारका लागि जिल्ला कृषि विकास कार्यालयले दुईखम्बे रणनीति लिएको वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले प्रमुख खाद्यान्न बाली गहुँ, धान र मकैका साथै आलु बालीको उत्पादकत्व वृद्धि गरी खाद्य संकट हुन नदिन खाद्य सुरक्षाका लागि बीउको सुरक्षा अभियान र बीउ आलु आत्मनिर्भर अभियान चलाइएको जानकारी दिनुभयो । 

विगतमा जिल्लाको खाद्य एवं पोषण सुरक्षाको मुख्य आधारका रुपमा कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे आदि थिए । स्थानीयवासीको खानेबानीमा परिवर्तन आई भातमुखी हुनाका साथै बजारमा चामलको सहज उपलब्धता बढेपछि पछिल्ला वर्षमा यी बाली लगाउने क्रम निकै घट्न गएको अनुभव श्रेष्ठले सुनाउनुभयो । यसले गर्दा भविष्यमा जिल्लामा खाद्य संकट निम्तिन सक्ने अवस्था टड्कारो देखिएको छ । यसै तथ्यलाई दृष्टिगत गरी दीर्घकालीन रुपमा खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालयले स्थानीय एवं रैथाने बालीको संरक्षण र प्रवद्र्धनको अभियान शुरु गरेको छ । 

चामलको तुलनामा कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे आदिका दाना एवं पीठोमा प्रायः सबैखाले पोषक तत्व बढी पाइने भएकाले ती बालीका परिकार भातभन्दा बढी स्वास्थ्यवद्र्धक र पोषिलो हुनाका साथै चामल आयात र परनिर्भरता घटाउन सकिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रेष्ठ बताउनुहुन्छ । कार्यालयले अभियान चलाइएपछि हाल त्यस्ता बालीको खेती गर्ने क्रम बढेको छ । लामो समयदेखि बाँझो रहेको पाखो जग्गामा समेत फापरलगायत बालीको पुनःखेती शुरु भएको पाइएको छ । 

सदरमुकामका एक होटल व्यवसायी नृपबहादुर सिंहले नियमित रुपमा फापर, कोदो, कागुनो र लट्टेको परिकार बनाई बिक्री गर्ने गरेका छन् । रैथाने बालीको परिकार बनाउने तालीम लिएपछि सिंहले गत वर्ष कञ्चनपुरमा आयोजित दशौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा सहभागी भई परिकार विधामा प्रथम स्थान हासिल गरेका थिए । 

सुदूरपश्चिमकै रैथाने बालीका परिकार बनाउनमा कृषि विकास कार्यालयको सहयोग रहेको छ । अभियानको प्रभावस्वरुप सदरमुकामलगायत बजार र गाउँघरमा समेत स्थानीय खाद्यान्नका नयाँ परिकार उपभोग गर्ने क्रम बढेको छ । 

पछिल्लो समय मार्तडीमा आयोजना गरिने तालीम, गोष्ठी, सभा, समारोह र बैठक तथा कतिपय कार्यालयमा समेत खाजाका रुपमा बाहिरबाट ल्याइएका खाजाभन्दा स्थानीय रैथाने परिकार उपभोग भएको छ । 

कार्यालयको सहयोगमा लगनशील कृषक समूहको व्यवस्थापनमा स्थानीय एवं रैथाने कृषि उपज बिक्री केन्द्र स्थापना गरी सफलतापूर्वक सञ्चालन भइरहेको छ । बाहिरी जिल्लाबाट आउने पाहुनाले स्थानीय फापर र कोदोको पिठो, जौको सातु, चिनो, कागुनो, सिमी आदि बिक्री केन्द्रबाट खरिद गरी कोसेलीका रुपमा लैजाने गरेको श्रेष्ठले बताउनुभयो । 

रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान शुरु भएपछि फापरलगायत स्थानीय एवं रैथाने बाली खेती गर्ने क्रम बढेसँगै उत्पादनको गुणस्तर कायम गर्नु र बजार व्यवस्था गर्नु भने चुनौतीपूर्ण रहेको प्रमुख डा श्रेष्ठ बताउनुहुन्छ । अभियानलाई अझै फैलाउन निकट भविष्यमा विद्यालय पोषण शिक्षा कार्यक्रम सञ्चालन एवं सहजीकरण र फापर, कोदो आदि प्रयोग गरी पाउरोटी, चाउमिन आदि थप परिकार बनाउन सिकाउनाका साथै अन्न तथा पीठोलाई काठमाडौँलगायत शहरका सुपर मार्केट र अन्य बजारमा बिक्रीका लागि सहजीकरण गरिने योजना उहाँले सुनाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने