2026-09-11 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद!

काठमाडौँ | बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले गत मंसिर २ गते उम्मेदवारी दर्ता गरे पनि मंसिर ५ गते माओवादी केन्द्र र राप्रपाले उम्मेदवारी फिर्ता लिएको थियो।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद छ।

आफ्नो उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादी बाजुरा जिल्ला संयोजक देवीचन्द्र बुढाले मंसिर ६ गते नै विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए।

यसैबीच माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरिराजमणि पोखरेलले पत्र पठाएर एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएका हुन्।

‘बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा हाम्रो पार्टीको गाउँपालिका समितिले एमालेको उम्मेदवारलाई भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा सहभागी भएको र संयोजन समितिका सचिवसहित केही जिम्मेवार कार्यकर्ता एमालेको उम्मेदवारलाई समर्थन गरी प्रचारमा हिड्नु पार्टीको केन्द्रीय नीति विपरीत छ,’ पोखरेलले लेखेको पत्रमा उल्लेख छ।

उनले समाजवादी मोर्चालाई बलियो बनाउने नीतिअनुसार समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएका हुन्।

माओवादीकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुअघि पार्टी गाउँपालिका कमिटी र एमाले गाउँपालिका कमिटीबीच छलफल गरेकी थिइन् भने गठबन्धन गरेर जाने सहमति बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस