२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुम आलुखेतीमा यसरि बन्दैछ आत्मनिर्भर

२०७४, २८ भाद्र बुधबार ११:०४

भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । 

जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो । 

उत्पादनको ४० प्रतिशत आलु बिक्री गर्न जिल्ला बाहिर पठाएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । दुई हजार २०३ हेक्टर जमिनमा वर्षे र ७२० हेक्टरमा हिउँदे आलुको खेती भइरहेको छ । खाद्यान्नबाली भन्दा तरकारी र नगदेबालीतर्फ किसान आकर्षित हुँदै गएका छन् । व्यावसायिक आलुखेतीतर्फ किसान आकर्षित भएकाले आलु उत्पादनमा वृद्धि हुँदै गएको छ । 

“आलु बिक्री गर्न बजारको समस्या छैन,” घिमिरेले भन्नुभयो । उत्पादन भएको आलु व्यापारीले बारीमै गएर खरिद गर्ने गरेका छन् । आलुखेतीको कृषि प्राविधिकले निरीक्षण गर्ने र रोगकीरा तथा मल बीउको बारेमा सुझाव दिने क्रम बढेसँगै जिल्ला आलुमा आत्मनिर्भर बन्दै गएको घिमिरेको भनाइ छ । किसानलाई आलुका जात छनोट, खेतीका लागि आवश्यक बस्तुबारे सुझाव र सिफारिस गरेर प्राविधिकले सहयोग गर्न थालेपछि उत्पादनमा वृद्धि हुँदै गएको छ । 

भातको सट्टा र खाजाको रुपमा तथा तरकारी र विभिन्न परिकार बनाउन प्रयोग गरिने आलु उत्पादनमा पछिल्ला वर्षमा जिल्ला क्रमशः आत्मनिर्भर बनिरहेको कृषि विकास अधिकृत घिमिरेको दाबी छ । यहाँका किसान अहिले आफैले फलाएको आलुले भान्सा टार्ने गरेका छन् । धनकुटाको पाख्रीबासमा रहेको कृषि अनुसन्धान केन्द्रले तेह्रथुमसहितका कोशी अञ्चलका विभिन्न जिल्लाका किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न उच्च गुणस्तरको बीउको प्रयोग, रोग अवरोधक जातको सिफारिस, भौगोलिक अवस्थाअनुसार जातको छनोटलगायतका काममा किसानलाई सहयोग गर्दैआएको छ । 

कृषि अनुसन्धान केन्द्रले खेतबारीमै पुगेर रोग अवरोधक र बढी उत्पादन दिने जात खुमल रातो २, खुमल सेतो १, जनकदेव, आइपीवाई– ८ र खुमल लक्ष्मी जातका आलु रोप्न किसानलाई सहयोग गर्दैआएको छ । उचित मूल्य तथा बिक्री गर्न समस्या नहुँदा किसान आलुको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । आव २०७३÷७४ मा पनि आलुखेती गरिने जमिनको क्षेत्रफलसमेत किसानले बढाएका छन् । आलुको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको देखेर कार्यालयले किसानलाई तालीम, उन्नत बीउ र रोगव्याधि नियन्त्रण जस्ता प्रविधिसमेत सिकाइरहेको कृषि प्राविधिक भुवन बुढाथोकी बताउनुहुन्छ । 

म्याङलुङ नगरपालिकाको जिरिखिम्तीस्थित हरिसे गाउँलाई आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत हरिसे गाउँका ५० घरधुरीलाई समेटेर पकेट क्षेत्र विकासको कार्यक्रम सञ्चालन गर्न लागेको बुढाथोकीले बताउनुभयो । कार्यालयले किसानलाई आलुको बियाँबाट समेत खेती गर्ने प्रविधि र बीउ वितरण गरिरहेको छ । राष्ट्रिय आलुबाली विकास कार्यक्रमको सहकार्यमा दोस्रो पुस्ताको बीउ ५० प्रतिशल छुटमा किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा कुप्रिज्योति, डेजिरे, कोर्डिनल, कुप्रि सिन्धूरेलगायत जातको आलु बढी उत्पादन दिने र भण्डारण गर्दा लामो समय टिकाउ हुने हुँदा यसको व्यावसायिक खेती थालिएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो । यी जातका आलुमा डढुवा रोग सहने क्षमता बढी हुन्छ । आलु खरिद गर्न व्यापारी बारीमै आउने गरेका चित्रेका किसान जगत काफ्ले बताउनुहुन्छ । 

यहाँ उत्पादिन आलुको बजार मूल्य प्रतिकिलो रु ४० देखि रु ६० पर्छ । आलुखेतीबाट करिब पाँच हजार जनाले रोजगारी पाएका कार्यालयको तथ्यांक छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबैजसो ठाउँमा आलुखेती हुन्छ । त्यसमध्ये जिरिखिम्ती, वसन्तपुर, आङ्दिम, खाम्लालुङ, सोल्मा, सुङ्नाम, फुलेकलगायत गाउँमा आलुको व्यावसायिक खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने