४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुम आलुखेतीमा यसरि बन्दैछ आत्मनिर्भर

२८ भाद्र २०७४, बुधबार ११:०४

भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । 

जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो । 

उत्पादनको ४० प्रतिशत आलु बिक्री गर्न जिल्ला बाहिर पठाएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । दुई हजार २०३ हेक्टर जमिनमा वर्षे र ७२० हेक्टरमा हिउँदे आलुको खेती भइरहेको छ । खाद्यान्नबाली भन्दा तरकारी र नगदेबालीतर्फ किसान आकर्षित हुँदै गएका छन् । व्यावसायिक आलुखेतीतर्फ किसान आकर्षित भएकाले आलु उत्पादनमा वृद्धि हुँदै गएको छ । 

“आलु बिक्री गर्न बजारको समस्या छैन,” घिमिरेले भन्नुभयो । उत्पादन भएको आलु व्यापारीले बारीमै गएर खरिद गर्ने गरेका छन् । आलुखेतीको कृषि प्राविधिकले निरीक्षण गर्ने र रोगकीरा तथा मल बीउको बारेमा सुझाव दिने क्रम बढेसँगै जिल्ला आलुमा आत्मनिर्भर बन्दै गएको घिमिरेको भनाइ छ । किसानलाई आलुका जात छनोट, खेतीका लागि आवश्यक बस्तुबारे सुझाव र सिफारिस गरेर प्राविधिकले सहयोग गर्न थालेपछि उत्पादनमा वृद्धि हुँदै गएको छ । 

भातको सट्टा र खाजाको रुपमा तथा तरकारी र विभिन्न परिकार बनाउन प्रयोग गरिने आलु उत्पादनमा पछिल्ला वर्षमा जिल्ला क्रमशः आत्मनिर्भर बनिरहेको कृषि विकास अधिकृत घिमिरेको दाबी छ । यहाँका किसान अहिले आफैले फलाएको आलुले भान्सा टार्ने गरेका छन् । धनकुटाको पाख्रीबासमा रहेको कृषि अनुसन्धान केन्द्रले तेह्रथुमसहितका कोशी अञ्चलका विभिन्न जिल्लाका किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न उच्च गुणस्तरको बीउको प्रयोग, रोग अवरोधक जातको सिफारिस, भौगोलिक अवस्थाअनुसार जातको छनोटलगायतका काममा किसानलाई सहयोग गर्दैआएको छ । 

कृषि अनुसन्धान केन्द्रले खेतबारीमै पुगेर रोग अवरोधक र बढी उत्पादन दिने जात खुमल रातो २, खुमल सेतो १, जनकदेव, आइपीवाई– ८ र खुमल लक्ष्मी जातका आलु रोप्न किसानलाई सहयोग गर्दैआएको छ । उचित मूल्य तथा बिक्री गर्न समस्या नहुँदा किसान आलुको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । आव २०७३÷७४ मा पनि आलुखेती गरिने जमिनको क्षेत्रफलसमेत किसानले बढाएका छन् । आलुको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको देखेर कार्यालयले किसानलाई तालीम, उन्नत बीउ र रोगव्याधि नियन्त्रण जस्ता प्रविधिसमेत सिकाइरहेको कृषि प्राविधिक भुवन बुढाथोकी बताउनुहुन्छ । 

म्याङलुङ नगरपालिकाको जिरिखिम्तीस्थित हरिसे गाउँलाई आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत हरिसे गाउँका ५० घरधुरीलाई समेटेर पकेट क्षेत्र विकासको कार्यक्रम सञ्चालन गर्न लागेको बुढाथोकीले बताउनुभयो । कार्यालयले किसानलाई आलुको बियाँबाट समेत खेती गर्ने प्रविधि र बीउ वितरण गरिरहेको छ । राष्ट्रिय आलुबाली विकास कार्यक्रमको सहकार्यमा दोस्रो पुस्ताको बीउ ५० प्रतिशल छुटमा किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा कुप्रिज्योति, डेजिरे, कोर्डिनल, कुप्रि सिन्धूरेलगायत जातको आलु बढी उत्पादन दिने र भण्डारण गर्दा लामो समय टिकाउ हुने हुँदा यसको व्यावसायिक खेती थालिएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो । यी जातका आलुमा डढुवा रोग सहने क्षमता बढी हुन्छ । आलु खरिद गर्न व्यापारी बारीमै आउने गरेका चित्रेका किसान जगत काफ्ले बताउनुहुन्छ । 

यहाँ उत्पादिन आलुको बजार मूल्य प्रतिकिलो रु ४० देखि रु ६० पर्छ । आलुखेतीबाट करिब पाँच हजार जनाले रोजगारी पाएका कार्यालयको तथ्यांक छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबैजसो ठाउँमा आलुखेती हुन्छ । त्यसमध्ये जिरिखिम्ती, वसन्तपुर, आङ्दिम, खाम्लालुङ, सोल्मा, सुङ्नाम, फुलेकलगायत गाउँमा आलुको व्यावसायिक खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता