2026-10-28 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

काठमाडौँ | हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शुन्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव २०८२÷८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । यस वर्षको आलु उत्पादकत्व १८ दशमलव ४७ प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।

गत आव २०८१÷८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४१ दशमलव शुन्य दुई प्रतिशत आलु उत्पादन हुने जनाइएको छ ।

उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु सहज÷बजारका उपभोक्ता रुचाउने गर्छन् । चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आइरहेको पाइन्छ ।

यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहको दुई हजार ७०० मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।

मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत÷वैशाखमा आलुको बीउ रोपेर असोज÷कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकास रातो आलु आंशिक उत्पादन हुने गरे पनि यहाँका किसानले बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गर्नुभयो ।

यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र उत्पादित १० प्रतिशत आलुको बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताउनुभयो ।

घरपझोङ–५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताउनुभयो । उहाँले प्रतिपाथी यहाँको आलु रु २०० मा बिक्री भएको उल्लेख गर्नुभयो । “आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पैसा नगद पाइने र आलु खनेपछि बजार पु¥याउनुपर्ने समस्या छैन ।” उहाँले मुस्ताङमा उत्पादन हुने आलु पोखरा–काठमाडाँैलगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।

आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला