२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

कुचोको मूल्यमा दोब्बरले कमी

५ आश्विन २०७४, बिहीबार ११:०६

असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । 

मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफँै घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् । 

बजारमा प्रयोगकर्ताले सोझै किन्ने भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । तर बजारमा बिक्री गर्दा कम मूल्य पाउने गरेको रोङ गाउँपालिका–६ का दीपक प्रधानले बताउनुभयो । प्रधानका अनुसार अहिले कुचो झापाको धुलाबारीमा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको भए पनि किसानले बाटेर लैजाँदा एउटा कुचोको रु ३० मा पर्छ । एक किलोको छवटा कुचो बनाउन सकिन्छ । गत वर्ष रु १०० प्रतिकिलोसम्ममा बिक्री भएकोे कुचो हाल प्रतिकिलो रु ४० सम्ममा किनबेच भइरहेको छ । 

कुचोलाई बाटेर आकर्षक बनाई भारतीय बजार, झापाका विभिन्न बजार तथा काठमाडौँसम्म पठाउने गरेको देव प्रधान बताउनुहुन्छ । जिल्लाका प्रायः सबै स्थानमा रोपिएको अम्रिसो पहिलापहिला घाँसको लागिमात्र प्रयोग हुने भएको भए पनि पछिल्लो समयमा फूलसमेत कुचोको रुपमा बिक्री हुने गरेको छ । 

अम्रिसोलाई घाँसको रुपमा खेती गर्ने गरेका मध्य पहाडको किसानलाई कुचोको मूल्यमा आएको कमीले प्रभाव नपर्ने भए पनि कुचोमा नै आश्रित बनेका इलामका किसान कुचोको मूल्यमा कमी आएपछि निराश बनेका छन् । प्रायः घर बढार्न सरसफाइ र निर्माणमा प्रयोग हुने कुचो स्वदेशमा मात्रै हैन भारत, बंगलादेशलगायत मुलुकमा समेत निर्यात हुने गरेको छ । 

जिल्लाको समाल्बुङ, जिर्मले, इरौँटार, कोल्बुङ, पञ्चकन्या, साकफारा, गोदक, मंगलबारेलगायत गाउँमा कुचो बनाइन्छ । इलाममा गत वर्ष ५१८९.४ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको थियो । अम्रिसोबाट कुल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…