२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

कुचोको मूल्यमा दोब्बरले कमी

२०७४, ५ आश्विन बिहीबार ११:०६

असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । 

मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफँै घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् । 

बजारमा प्रयोगकर्ताले सोझै किन्ने भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । तर बजारमा बिक्री गर्दा कम मूल्य पाउने गरेको रोङ गाउँपालिका–६ का दीपक प्रधानले बताउनुभयो । प्रधानका अनुसार अहिले कुचो झापाको धुलाबारीमा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको भए पनि किसानले बाटेर लैजाँदा एउटा कुचोको रु ३० मा पर्छ । एक किलोको छवटा कुचो बनाउन सकिन्छ । गत वर्ष रु १०० प्रतिकिलोसम्ममा बिक्री भएकोे कुचो हाल प्रतिकिलो रु ४० सम्ममा किनबेच भइरहेको छ । 

कुचोलाई बाटेर आकर्षक बनाई भारतीय बजार, झापाका विभिन्न बजार तथा काठमाडौँसम्म पठाउने गरेको देव प्रधान बताउनुहुन्छ । जिल्लाका प्रायः सबै स्थानमा रोपिएको अम्रिसो पहिलापहिला घाँसको लागिमात्र प्रयोग हुने भएको भए पनि पछिल्लो समयमा फूलसमेत कुचोको रुपमा बिक्री हुने गरेको छ । 

अम्रिसोलाई घाँसको रुपमा खेती गर्ने गरेका मध्य पहाडको किसानलाई कुचोको मूल्यमा आएको कमीले प्रभाव नपर्ने भए पनि कुचोमा नै आश्रित बनेका इलामका किसान कुचोको मूल्यमा कमी आएपछि निराश बनेका छन् । प्रायः घर बढार्न सरसफाइ र निर्माणमा प्रयोग हुने कुचो स्वदेशमा मात्रै हैन भारत, बंगलादेशलगायत मुलुकमा समेत निर्यात हुने गरेको छ । 

जिल्लाको समाल्बुङ, जिर्मले, इरौँटार, कोल्बुङ, पञ्चकन्या, साकफारा, गोदक, मंगलबारेलगायत गाउँमा कुचो बनाइन्छ । इलाममा गत वर्ष ५१८९.४ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको थियो । अम्रिसोबाट कुल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक