२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन, मासिक ४० हजार आम्दानी

२०७४, २१ आश्विन शनिबार ११:०२

जीत बहादुर भण्डारी/असोज २१, पाँचथर । पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । 

फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ । 

वैदेशिक रोजागारीका लागि उहाँ ०६६ सालमा बेल्जियम जानुभयो । त्यहाँ उहाँले झन्डै मासिक रु एक लाख ५० हजार कमाइ गर्नुहुन्थ्यो तर त्यहाँ कमाएको पैसाभन्दा थोरै भएपनि स्वदेशमा नै कमाउनुपर्छ भन्ने सोचाई लिएर चार वर्षपछि उहाँ घर फर्कनुभयो । 

घर फर्किएपछि उहाँले वैदेशिक रोजगारीबाट कमाएको रकम बाख्रापालन व्यवसायमा लगानी गर्नुभयो । अहिले उनको फार्ममा बयर जातका बाख्राबाख्री र त्यसका पाठापाठी छन् । पाठापाठी बिक्री गरेर उनले मासिक रु ४० हजार भन्दा बढी आम्दानी गर्दे आएको छ । 

फार्मबाट उत्पादन भएका पाठापाठी जिल्ला तथा झापा, इलाम, मोरङलगायत विभिन्न जिल्लाका सहकारी संस्था, व्यक्ति र समूदले लैजाने गरेका छन् । दुई महिनासम्म हुर्काएका पाठापाठीे बीउको रुपमा बिक्री हुने गरेका छन् । एउटा पाठा रु १५ हजारसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

नेम्वाङले भन्नुभयो, “अर्कोको देशमा गएर पसिना बगाएर बढी नै धन कमाए पनि बरु स्वदेशमै सिठोपिठो खाएर थोरै पैसा कमाएकोमा आनन्द र गौरव महसुस हुन्छ ।” अहिले पनि समाज र राज्यले कृषकलाई हेर्ने दृष्टिकोण बदल्न नसकेकोप्रति उहाँको गुनासो छ । 

व्यावसायिक रुपमै कृषि तथा पशुपालन क्षेत्रतर्फ लागेका युवालाई राज्यले समेत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने र हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने भनाइ नेम्वाङको छ । उहाँलाई अहिलेसम्म जिल्ला पशुसेवा कार्यालयले रु दुई लाख अनुदान स्वरुप दिएको छ भने उत्कृष्ट कृषक भनेर रु १० हजार रकम र प्रमाणपत्र दिएको छ । 

यस्तै बाख्रापालन व्यवसायलाई अघि बढाउन विभिन्न प्राविधिक सहयोग पनि जिल्ला पशु विकास कार्यालयले गर्दै आएको छ । पशुपालक कृषक नेम्वाङले बाख्रापालन फार्मबाट प्राप्त आम्दानीले फिदिम बजारमै ससेस फ्याक्ट्रीसमेत सञ्चालन गर्नुभएको छ । रु आठ लाखको लागतमा उहाँले ससेस फ्याक्ट्री सञ्चालन गर्नुभएको हो । 

गर्न सक्दा हुँदो रहेछ भन्ने गतिलो उदाहरण दिएको नेम्वाङको अहिले गाउँघरका साथीभाइले समेत प्रशंसा गर्दछन् । आउँदा दिनमा अझै व्यवस्थित र प्रभावकारी ढंगबाट बाख्रापालन गर्दै जाने उहाँको लक्ष्य छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा