२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

२०७४, २७ कार्तिक सोमबार १२:३९

कात्तिक २७, झापा । “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका-८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक ५० हजार कमाउन सक्ने भएकी छु ।”

एक दसक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिएकी छन् ।

व्यापार व्यवसाय शुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छन् ।

“गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो, आज मलाई यहाँँसम्म ल्याइपु¥याउन सहाराको ठूलो हात छ,” उनले भनिन् ।


मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छन् । विदेश पठाएका श्रीमान्लाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनुप¥यो ।

“भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहेँ”, उनले भनिन्, “पहिलोपटक सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार सुरु गरे ।” जुत्ता चप्पल बेच्न उहाँ साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुग्थिन ।

मासिक ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । “अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,” उनले भनिन् ।

विमलालाई काममा श्रीमानले सघाउछन् ।  उनीहरूसँग एउटा मारुती भ्यान छ । जसको माध्यमबाट श्रीमान् महेश भण्डारीले कुखुरा बिक्रीका लागि इटहरीसम्म लैजान्छन् ।

सहारा नेपाल साकोसको पथरी सेवा केन्द्रका प्रबन्धक महेश तामाङ भन्छन्, “विमला अत्यन्त मेहनती र ऊर्जाशील महिला हुन् । उनमा काम गरिखाने आँट र साहस भेटिन्छ, विमलाले आफ्नो जस्तो काममा आउन अरुलाई पनि प्रेरणा दिनुभएको छ ।”

फूलबारी सहारा महिला समूह नं ५८ की सदस्य विमला कुनै बेला त्यही समूहकी अध्यक्ष थिइन्। त्यहीबेला उनले नै प्रवर्द्धन गरेका समूह अहिले सो क्षेत्रमा क्रियाशील छन् । यही बीचमा उनले दुई कट्ठा जमिन जोडेकी छन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहेकी छन्।

“यही मेहनत र परिश्रम देखेर सहकारी क्षेत्रकै ठूलो पुरस्कार हामीले विमलालाई प्रदान गरेका हौँ” सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भनिन् ।

विमलाले आफूसँगै अरुलाई पनि स्वावलम्बी बनाउन खेलेको योगदानको कदर गर्दै उनलाई यसवर्ष ‘प्रो मोहमद युनुस सहारा पुुुरस्कार’ प्रदान गरिएको छ । ५० हजार सहकारी क्षेत्रकै ठूलो धन राशिको पुरस्कार हो । उनलाई गत शनिबार सो पुरस्कारबाट सम्मान गरिएको थियो ।  सुरेन्द्र भण्डारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना