व्यावसायिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

व्यावसायिक "/>

२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

४ माघ २०७४, बिहीबार ११:२१

माघ ४, झापा | झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ । 


व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्त लगानीमा सो उद्योग स्थापना भएको हो । 

दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको सो उद्योगबाट स्थानीयस्तरमा रहेका कृषकले दूधको उचित मूल्य पाउने, कृषक व्यावसायिक पशुपालनमा आकर्षित हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुनेलगायतका उपलब्धि प्राप्त गर्न सकिने बताइएको छ । 

दुग्ध प्रशोधन केन्द्रका रुपमा रहेको सो उद्योगबाट संस्थाका ७०० र ५० पशुपालक कृषकसहित जम्मा ७५० जना लाभान्वित हुने बताइएको छ । 

सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायतका दूधजन्य खाद्यवस्तु उत्पादन हुने संस्थाका अध्यक्ष कमलबहादुर भण्डारी बताउनुहुन्छ । (तस्वीर उपलब्ध छ) रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ