2026-09-16 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अनुदान पाए सँगै व्यावसायिक कृषितर्फ आर्कषित बन्दै किसान

माघ १०, झापा | सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् । 

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका २१ जना व्यवसायीले कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । 

उनीहरुले व्यावसायिक रुपमा गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफूल, तरकारीलगायत उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताउनुभयो । उहाँले भन्नुभयो – “केही वर्षअघिसम्म किसानमा कृषि विकास बैंकले लगानी गर्दैन भन्ने मानसिकता थियो, अहिले व्यावसायिक कृषिकर्मका लागि कृषि कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।” 

शाखा कार्यालय बिर्तामोडले ८०० ग्राहकका लागि लगानी गरेको कूल कर्जा रु ६२ करोड नौ लाखमध्ये युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरिएको उहाँले बताउनुभयो । सो कर्जामा सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान किसानलाई दिने गरेको छ । 

अनुदानमा कृषि कर्जा लिएर उत्कृष्ट कारोबार गर्नेमा बिर्तामोड–४ स्थित बिर्ता एग्रो कन्सनका सञ्चालक हर्क कार्की हुनुहुन्छ । उहाँले व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । कार्कीले बैंकमार्फत रु ६० लाख ऋण लिएर माछापालन शुरु गर्नुभएको हो । 

कार्की मात्र होइन उहाँ जस्तै अर्का व्यवसायी हुनुहुन्छ कृष्णकुमारी खत्री । उहाँले कृषि विकास बैंकबाट कर्जा लिएर बिर्तामोड–९ मा पाथीभरा च्याउ उद्योग सञ्चालन गरिरहनुभएको छ । उहाँले च्याउ उद्योगमा बीउसमेत उत्पादन गर्नुहुन्छ । खत्रीले बैंकमार्फत रु २० लाख अनुदानमा ऋण लिएर च्याउ उद्योग सञ्चालन गर्नुभएको हो । 

यस्तै, बिर्तामोड–४ की गीतादेवी भण्डारी युवा तथा साना व्यवसायी कृषि कर्जा लिने व्यवसायी हुन् । उहाँले रु १८ लाख बैंकबाट ऋण लिएर बिर्तामोड–४ मा पाथीभरा गाई फार्म सञ्चालन गर्नुभएको छ । भण्डारीले सोही फार्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ । 

युवा तथा साना व्यवसायीका लागि कृषि विकास बैंकले लगानी गर्न शुरु गरेपछि व्यावसायिक कर्जा लिनेको संख्यामा वृद्धि हुँदै गएको छ । सो कर्जा लिन पूर्णरुपमा व्यावसायिक हुनुपर्ने, उदाहरणीय कृषक हुनुपर्ने, रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, मासिकरुपमा ब्याज बुझाउन सक्नेलगायत प्रावधान रहेको शाखा प्रबन्धक बराकोटीको भनाइ छ । 

प्रशान्त उत्कृष्ट ग्राहक 

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले झापा बिर्तामोडका प्रशान्त गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको छ । 

विगत १७ वर्षदेखि कृषि विकास बैंकमा आबद्ध भएर नियमित, अनुशासित र सबैभन्दा बढी कारोबार गरेको भन्दै गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रबन्धक बराकोटीले बताउनुभयो । गिरी होटल हेवन ग्राण्डका सञ्चालक हुनुहुन्छ । उहाँले सानो व्यवसायबाट कारोबार शुरु गरेर अहिले ठूलो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल