१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महोत्तरीका उपभोक्ता तौलमा ठगिँदै

१४ माघ २०७४, आईतवार ०७:०२

माघ १४, बर्दिवास | स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । 

जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । 

खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलिदा सधैँ तौल कम भएको पाइएको बर्दिवास नगरपालिका–२ की पवित्रा खड्काले गुनासो गर्दै भन्नुभयो, “बजारबाट ल्याएको एक किलो तरकारी घर ल्याएर तौलँदा २०० ग्राम घट्छ त्यस्तै हाल किराना पसलबाट ल्याइएका सामानको पनि छ ।” 

बजारका स्थायी पसल र साप्ताहिक हटियामा ढुंगे ढक र परम्परागत तराजुको प्रयोगमा प्रतिबन्ध लगाएर कारबाही नगरेसम्म व्यापारीहरूले तौलमा ठगिनै रहने यहाँका उपभोक्ता बताउँछन् । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामे ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको पाइएको भङ्गाहा नगरपालिका–५ राजपुरकी सामाजिक कार्यकर्ता हरिप्रिया कुशवाहाले बताउनुभयो । 

बजार र पसलमा नापतौल व्यवस्थापन, अनुगमन गर्ने निकाय स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र नापतौल तथा गुणस्तर कार्यालयले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल भन्नुहुन्छ “निश्चित दायित्व निर्वाह गर्ने कुरामा हल्लाखल्ला नभएसम्म कतैबाट वास्ता गरिँदैन ।” 

यता बर्दिवास उद्योग वाणिज्य संघले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । यता किराना र तरकारी व्यापारीहरूले भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको बताएका छन् । 

प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारबाही बढाइने संघका महासचिव भवनाथ खतिवडाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार