२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तत्काल उखुँको मुल्य तोक्न गाउँपालिका अध्यक्ष पाण्डेद्धारा निर्देशन

२०७४, १५ माघ सोमबार १४:४८

श्याम थापा/माघ १५, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले उखु मिलका मालिकहरुलाई तत्काल उखुँको मुल्य तोक्नको लागी निर्देशन दिनु भएको छ । 

सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डेले तत्काल उखुँको मुल्य तोक्नको लागी उखुँ मिलका मालिकहरुलाई निर्देशन गर्नु भएको हो । 

उखुँको सिजन सकिन लाग्दा पनि हाल सम्म मिल तथा सरकारले मल्य निर्धारण नगरेको भन्दै पटक पटक कृषकहरु आन्दोलित भएता पनि उखुँको मुल्य निर्धारण भएको छैन । 


साथै उखुँ कृषकहरुले आफुले जिताएका जनप्रतिनिधीहरुले तत्काल समस्याहरु समाधान गरिदिनु पर्ने भन्दै सुस्ता गाउँपालिकाको कार्यलयमा ज्ञापन पत्र पनि पेश गरेका छन । 

उखुँ मिलका मालिकहरुले किसानहरुको तत्काल समस्या सामाधान गर्नका लागी उखुँको मुल्य नतोकेमा आफुले कानुनी दायरामा ल्याए मिलहरुलाई कारर्वाही पनि गर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । 

त्यस्तै गरे सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले बर्षेनी मदार बाबाको मेला साबिकको कुडिया गा.बि.स ले मेला लगाउदै आएको र कुडिया गाबिस हाल यति खेर सुस्ता गाउँपािलकामा पर्ने भएकोले हुदा यस बर्ष सुस्ता गाउँपालिकाले मदारबाबाको मेला लगाउने उहाँले जानकारी गराउनु भयो । 

मदारबाबा मेलामा हुने चुहावट कार्यलाई बन्द गराउने सुस्ता गाउँपालिकाको कडा कदम रहेको पनि अध्यक्ष पाण्डेले बताउनु भयो । पत्रकार सम्मेलनमा सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले नारायणी नदीमा भएको अबैधरुपमा नदि जन्य प्रदार्थ उत्खन्न कार्यलाई तत्काल रोक्नको लागी गाउँपालिका लागी रहेको पनि बताउनु भयो । 

सो पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष एवम सुस्ता गाउँपालिकाको कार्यालय प्रबता किशन लाल मुखियाले गर्नु भएको थियो । 

पत्रकार आरपी उपाध्याय,श्याम थापा,प्रमोद आर्याल,आरती राना,नारायण भण्डारी,राजु पाखरेल,प्रेम चन्द्र रौनियार र सन्जित कुमार शर्माको उपस्थिती रहेको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै