१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

१६ माघ २०७४, मंगलवार ०५:४६

उमा केसी / माघ १६, रोल्पा | परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी स्थानीय सरकारका प्रमुखले सो प्रतिबद्धता जाहेर गरेका हुन् । 

जिल्लामा व्यावसायिक कृषिमा समेत आकर्षण बढिरहेको भएपनि अधिकांश किसान अझै परम्परागत र निर्वाहमुखी कृषिमै आश्रित रहेकाले उक्त पद्धतिमा व्यापक सुधार गर्नुपर्ने स्थानीय सरकारका प्रतिनिधिले सुझाव दिएका छन् । आधुनिकतासहितको व्यावसायिक कृषिले मात्र जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने भएकाले कृषि क्षेत्रमा हालसम्म सोच्दै आएको शैलीमा समेत रुपान्तरण गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रको पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्नुपर्ने प्रदेशसभा सदस्य दीपेन्द्र पुनले सुझाव दिनुभयो । सामान्य लगानी मेहनत र इच्छा शक्तिले कृषिमा क्रान्ति सम्भव नभएको बताउँदै पुनले सोचाइ, लगानी र मेहनतमा ठूलो परिवर्तन ल्याए मात्र कृषिमा क्रान्ति सम्भव रहेको विचार व्यक्त गर्नुभयो । अर्थतन्त्रको सुधारका लागि कृषि क्षेत्रको सुधार जरुरी रहेको औँल्याउँदै पुनले भन्नुभयो जिल्लामा हजाराँै युवायुवती कृषिमै आश्रित रहेकाले उनीहरुलाई त्यसमै रमाउने वातावरण सिर्जना गरौँ । 

कृषि क्षेत्रमा देखिएका सबै समस्यालाई हल गर्दै सबै स्थानीय तह कृषिमा आत्मनिर्भर हुनसके जिल्लाको संवृद्धि हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । जीविकोपार्जनको आधार मात्र नभई आर्थिक विकासको आधार पनि कृषि भएकाले यसको विकासका लागि स्थानीय सरकार योजनाबद्ध ढंगले लाग्नुपर्ने केसीको सुझाव थियो । 

जिल्लाका स्थानीय सरकारका प्रमुख एकै थलोमा बसेर कृषि क्षेत्रको विकासका लागि देखाएको प्रतिबद्धताले आफू हौसिएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । पहिलो पटक स्थानीय सरकारमार्फत कृषि क्षेत्रको ठूलो बजेट कार्यान्वयन हुन लागेको औँल्याउँदै अनुभवको कमीका कारण केही स्थानीय सरकारले चालू आवमा कम बजेट विनियोजन गरेको भए पनि आगामी आवमा यसको दायरा बढ्ने आफूले विश्वास लिएको श्रेष्ठले बताउनुभयो । 

जिल्लामा कृषि क्षेत्रको विकासका लागि भन्दै मन्त्रालयबाट रु पाँच करोड ६२ लाख ७८ हजार प्राप्त भएकोमा १० वटा स्थानीय तहले सभाबाट रु पाँच करोड ७७ लाख चार हजार विनियोजन गरेका छन् । विनियोजन गरेकोमध्ये रुन्टीगढी गाउँपालिकाले जिल्लामै सबभन्दा धेरै रु एक करोड ९० हजार कृषि क्षेत्रमा विनियोजन गरेको छ भने सबभन्दा कम बजेट सुकिदह गाउँपलिकाले रु १५ लाख मात्र विनियोजन गरेको छ । 

रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिका समेत यस वर्ष कृषि क्षेत्रमा कम बजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएका छन् । उनीहरुले क्रमशः रु २९ लाख ६० हजार र ३६ लाख ४० हजार मात्र विनियोजन गरेका छन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार