२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धनकुटामा सुन्तला उत्पादनमा ३५ प्रतिशतले गिरावट

१८ माघ २०७४, बिहीबार ०८:०६

 माघ १८, धनकुटा | जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो । 

सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्तन एवं मूल्य बढ्ने आशामा किसानले नयाँ फूल खेल्ने समयसम्म बोटमा फल राख्ने गरेका कारण सुन्तला उत्पादन कमी आउने देखिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले बताउनुभयो । 

सुन्तला बगैँचामा रोग किराको संक्रमण नियन्त्रण गर्ने प्रविधि, माटोको उत्पादन शक्ति विकास गर्ने प्रविधि र पुराना बगान मासेर नयाँ बिरुवा लगाउन किसानलाई सल्लाह दिन थालिएको छ । जिल्लाको सुन्तला उत्पादन पकेट क्षेत्रमा समस्या विकराल बन्दै गएको भन्दै रोग नियन्त्रणका लागि सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले बताउनुभयो । 

रोगकिराको संक्रमण तथा फल लाग्ने समयमा खडेरी पर्नु र असिना परेका कारण सुन्तला उत्पादनमा कमी आएको हो । उत्पादन घटेसँगै स्थानीय बजारमा रु ७० प्रतिकिलोमा पाइने सुन्तलाको मूल्य बढेर रु १४० पुगेको छ । जिल्लाबाट गत वर्ष रु १५ करोड बराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको कार्यालयले जनाएको छ । शहीद भूमि र चौबिसे गाउँपालिका, धनकुटा, पाख्रिबास, महलक्ष्मी नगरपालिका, छथर जोरपाटी र साँगुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाको खेती गरिँदैआएको छ । सातवटै स्थानीय तहमा कृषि सडक विस्तार भएसँगै उत्पादित सुन्तला सहज रुपमा बजारसम्म पुग्न सकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान