२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा कृषि सेवा केन्द्र स्थानीय तहसम्म

२०७४, २३ माघ मंगलवार ०६:४१

माघ २३, नुवाकोट | जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ । 

छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । केन्द्रमा रहेका कर्मचारी गत भदौदेखि नै स्थानीय तहमार्फत हाजिरी प्रमाणीकरण गर्दै आएकामा औपचारिक रुपमा कर्मचारीसहित भौतिक संरचना (भवन), कार्यालयका कागजात, उपकरण, फर्निचरलगायत सामग्री स्थानीय तहअन्तर्गत नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

जिल्लाका विदुर नगरपालिकाको देवीघाट, लिखु गाउँपालिकाको चौघडा, शिवपुरीको थानापति, मेघाङको देउराली, ककनीको रानीपौवा र तादीको खरानीटारमा सेवा केन्द्र सञ्चालनमा छन् । 

सेवाकेन्द्रबाट प्रवाह हुने कार्यक्रम यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् । डा गैरेका अनुसार सेवा केन्द्रको हस्तान्तरणसँगै जिल्ला कृषि विकास कार्यालय पनि हस्तान्तरणका लागि लगत संकलन शुरु भएको छ । 

विद्युतीय हाजिर कापी 

नेपाली युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले यहाँको एक विद्यालयलाई विद्युतीय हाजिरी उपकरण उपलब्ध गराएका छन् । 

आफूले प्राथमिक तहसम्मको शिक्षा प्राप्त गरेको बेलकोटगढी नगरपालिका–१२ देउरालीस्थित चण्डादेवी माविलाई उनीहरुले विद्युतीय हाजिरी उपकरण निःशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज सेढाईंले बताउनुभयो । 

विद्युतीय हाजिरी उपकरणले शिक्षकलाई विद्यालयमा समयमा नै उपस्थित भएर जिम्मेवार बनाउन र विद्यार्थीलाई नियमित उपस्थित गराउन सहयोग मिल्ने विद्यालयका प्रअ माधव सिलवालको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै